खानेपानी सुरक्षा उपसमिति गठन

गोरक्ष समाचारदाता
बिजौरी, २५ कात्तिक । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अनुगमन समिति र खानेपानी सुरक्षा उपसमिति गठन गरिएको छ । संस्थाका उपाध्यक्ष मनकुमारी महतको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

सदस्यहरू वसन्त थापा, गोकर्ण पौडेल, मदन बस्नेत, गिरिराज खड्का, मीना रोका र ताराकुमारी राना रहेका छन् । अनुगमनका क्रममा उपभोक्ताबाट कुनै त्रुटि भए नियम अनुसार कारबाही गरिनेसमेत निर्णय गरिएको छ । खानेपानी सुरक्षा योजना उपसमिति मुकेश वलीको संयोजकत्वमा गठन गरिएको छ ।

सदस्य सचिवमा गोकर्ण पौडेल सदस्यमा विक्रमबाबु केसी, प्रेमबहादुर घर्ती, शारदा केसी, सङ्गीता महरा, चन्द्रा वली, स्वास्थ्यतर्फ प्रादेशिक आर्युवेद चिकित्सालय र शिक्षातर्फ माध्यमिक विद्यालय मानपुरका प्रधानाध्यापक दीपेश गुप्ता राख्ने निर्णय गरिएको सचिव मुकेश वलीले जानकारी दिएका छन् ।

उपसमितिलाई उपभोक्तालाई सुरक्षित खानपानी पु¥याउन अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने गरी जिम्मेवारी दिइएको छ । संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा बैठक बसेको थियो ।