पाँच सय विद्यार्थीको निःशुल्क आँखाजाँच

गोरक्ष समाचारदाता
तुलसीपुर, २५ कात्तिक । करिब पाँच सय विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ ।

घोराही–१० नारायणपुरस्थित ग्रेट बृद्ध एकाडेमीमा विद्यालय आँखा स्वास्थ्य शिक्षा तथा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएबीपी नर्वेको आर्थिक सहयोगमा ग्रेट बुद्ध एकाडेमीमा भएको आँखा जाँच कार्यक्रम चार सय ९५ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ ।

आँखा जाँच गरिएकामध्ये सात जना चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थी लाई निःशुल्क चस्मा वितरण गरिएको नेत्र सहायक प्रवीण डाँगीले जानकारी दिएका छन् । आँखा जाँचका साथै विद्यार्थीहरूलाई आँखा स्वास्थ्य शिक्षासमेत दिएको छ ।