शरद रेग्मी
हापुरे, २५ कात्तिक । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पश्चिम दाङको मुख्य व्यापारिक केन्द्र हापुरे (बजार) बाट काठमाडौंका लागि कस्तुरी एयर बस सेवा सञ्चालनमा ल्याएको छ ।
सोमवार प्रालिका अध्यक्ष सुरेश हमालले हापुरे पुगेर यात्रुहरूलाई खादा लगाएर स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष हमालले यात्रुहरूको माग अनुसार आफूहरूले हापुरे काठमाडौं बस सेवा सुरु गरेको बताए । पहिलो दिन प्रालिले पहिलो टिकट काटेका यात्रुलाई भाडामा ४० प्रतिशत छुट दिएको थियो ।
प्रालिले हापुरेदेखि काठमाडौंका लागि एक हजार नौ सय ५० रुपैयाँ भाडादर तय गरेको छ । प्रालिले पश्चिम दाङका यात्रुहरूको सुविधाका लागि हापुरे टिकट काउन्टरबाटै भारतको दिल्लीलगायत मुक्तिनाथ, विराटनगर, पोखरा, विरगन्ज, महेन्द्रनगरलगायतका सहरमा यात्रा गर्ने यात्रुका लागि हापुरेलगायत सबै टिकट काउन्टरबाट टिकट काटने व्यवस्था मिलाएको अध्यक्ष हमालले जानकारी दिए ।