गोरक्ष समाचारदाता
दाङ, २३ कात्तिक । देशको मौलिक कला, संस्कृति संरक्षण गरिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिकोे २३ औँ साधारणसभा तथा नवौँ अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।
कला संस्कृति देशको सम्पत्ति भएकाले यसलाई बाचइराख्नु पर्ने उनीहरूको भनाइ थियो । कलाकारिता क्षेत्र पछिल्ला समय विकास हुँदै गएको भन्दै यसभित्रका विकृति हटाउँदै जानुपर्ने सहभागीले बताएका थिए । कला, संस्कृतिले समाजलाई जोड्ने सहभागीले बताए । कार्यक्रम प्रतिष्ठान दाङ शाखाका अध्यक्ष राजेन्द्र दहालको अध्यक्षता तथा लोक संस्कृतविद् डा गाविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सहसचिव तथा केन्द्रीय प्रतिनिधि सीता राना, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक डा टीकाराम उदासी, कलाकार कमल गाउँले, प्रतिष्ठान दाङ शाखाका संस्थापक अध्यक्ष प्रेमप्रकाश मल्ल, पूर्व अध्यक्ष देवकला बस्नेत, सल्लाहकारहरू धु्रवराज श्रेष्ठ भारी, गिरिराज सुवेदी, सम्मानित व्यक्तित्व रामहरि रिजाल, ग्यालेकसी एकेडेमीका केशरमान बुढाथोकी, राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटालगायतले भनाइ राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष बिमला खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवराज बस्नेतले गरेका थिए । कार्यक्रममा प्रष्ठिानलाई विभिन्न माध्यमबाट सहयोग पु¥याएको भन्दै व्यक्ति, कलाकार, सल्लाहाकार, जोडी कलाकार, उत्कृष्ट काम गर्ने सदस्यलगायतलाइ सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा खड्का चयन
अधिवेशनले बिमला खडकाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष प्रकाशकुमार अधिकारी, उपाध्यक्षमा शिवराज बस्नेत, महिला उपाध्यक्षमा शान्ता वली, सचिवमा राजमान खत्री, सहसचिवमा वेदलाल पुन, कोषाध्यक्षमा चाहना झाँक्री, सहकोषाध्यक्षमा रचना चौधरी रहेका छन् । यसैगरी सदस्यमा राजेन्द्र चौधरी, दिनेश शर्मा, मनोज रसाइली, नारायण आचार्य, राजु नेपाली, जीवन पुन, देवकुमारी खत्री, सीता भण्डारी, सीता थापा, अमृत विश्वकर्मा, कालीका राना मगर रहेका छन् ।