दाङ, बैशाख २८ । नेपाली काङ्ग्रेस दाङले सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई देश मेरो अभिभावक हो भन्ने अनुभूति गराउन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले आवश्यक मापदण्ड पूरा उनीहरुलाई गरी स्वदेश ल्याउनु पर्ने बताएको छ ।
आइतबार सम्पन्न जिल्ला समितिको बैठकले कोभिड १९ को सङ्क्रमण बढ्दै गएको तर्फ गंभिर चिन्ता र चासो प्रकट गर्दै परीक्षणलाई तीव्र बनाउका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएको छ । पार्टी सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले वर्षायाम नजिकिदै गरेकाले किसानका लागि आवश्यक बिउबिजन तथा मलको अभाव नगराउन सरकारको ध्यानाकर्षण पनि गराएको छ। कोभिड १९ को समयमा अहोरात्र खटेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सफाइकर्मीप्रति बैठकले सम्मान व्यक्त गरेको छ । साथै बैठकमा लिपुलेक विवादमा सरकारले तुरून्त कुटनैतिक पहल चाल्नु पर्नेमा जोड दिइएको थियो । बैठकले लकडाउनको समयमा सकस बन्दै गएको जनजीवनप्रति सरकारले ध्यान दिनु पर्ने कुरामा जोड दिदै स्वास्थ्य परीक्षणलाई तीव्र रूपमा अगाडि बढाउन आग्रह गरेको सचिव शंकर डाँगीले जानकारी दिएका छन् ।