बबई गाउँपालिकाको क्वारेन्टाइनमा ६३ जना

देवी भण्डारी
हापुरे,२८ बैशाख । बबई गाउँपालिकाले सञ्चालन गरेको क्वारेनटाईनमा ६३ जना रहेका छन् ।

बबई–५ हापुरेका रहेको जनकल्याण माध्यामिक विद्यालय पदमपुरमा रहेको क्वारेनटाईनमा शनिवार साँझ नयाँ थापिएसंगै क्वारेनटाईनमा ६३ जना पुगेको गाउँपालिकाका हेल्थअसिष्टेन्ट शरदराज गिरीले जानकारीले दिएका छन । साथै क्वा्रेनटाईनमा रहेका ४९ जानको कोरोना परिक्षणका लागी स्वाव संकलन गरिएको उनले बताए । क्वारेनटाईनमा रहेका ६३ जना मध्य बालबालिका बाहेक ४९ जनाको स्वाव संकलन गरिएको हो ।

उनीहरुको रिर्पोट सोमवार आउने गिरीले जानकारी दिएका छन । पछिल्लो समय जिल्ला बाहिर मजदुरीका लागि गएका मानिसहरु भित्रिने क्रम जारी रहेपछि क्वारेन्टाइनमा भरिन थालेका हुन ।

बबई गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ११ वटा बेड मात्रै छन् । तर त्यहाँ अहिले ६४ जनालाई राख्नु पर्ने बाध्यता आएको छ ।
उता शान्तिनगरपालिकामा रहेको क्वारेन टाईनमा १० जना रहेका छन् । शान्तिनगर गाउपालिकाको विपि माध्यामिक विद्यालयमा बयालेमा रहेको क्वारेनटाईनमा १० जना रहेको शान्तिनगर गाउँपालिकाका स्वास्थ शाखा संयोजक हरिबहादुर पुनले जानकारी दिएका छन ।

शान्तिनगर गाउँपालिकामा आइतवारसम्म ३८ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको पुनले जानकारी दिएका छन । क्वारेनटाईनमा रहेको १० जनाको पनि पिसिआर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ