सुभाष न्यौपाने
घेरिँदै छ चक्रब्युहमा कांग्रेस ।
जनताबाट पन्छिन सक्दैन कांग्रेस ।।
प्रजातन्त्रको भूमिका के हो कांग्रेस ?
जनताबिना लोकतन्त्र सम्भव छ कांग्रेस ??
नेपाली कांग्रेस जनमुखी बन्न सकेन भने मुलुकमा कांग्रेस लोप भएर पनि जानसक्छ । अन्य शुक्तहरुको विरोध र कम्युनिष्टहरुको जाल झेलका बाबजुद पनि नेपाली कांग्रेस आजका दिनसम्म अस्थित्वमा रहनु भनेको ठुलो कुरा हो ।
अहिलेको कांग्रेसको नेतृत्व विशेष गरी सात भाइ भनिनेहरुले नेपाली कांग्रेसलाई चक्रब्युहमा हाल्दै छन् । जुन चक्रब्युहबाट पार्टी उम्कन सक्ने अवस्था छैन । हामीले रामायण पढेका छौँ । जुन चक्रब्युहमा अभिमन्यु प्रवेश गर्न सक्छन् तर निस्कन सक्दैनन् । समयले सबैलाई जिम्मेवारी सुम्पेको छ, जिम्मेवारी बहन गर्न नसक्नेहरुको हातमा नेपाली कांग्रेसको जिम्मेवारी पुगेको छ ।
त्यसैले जिम्मेवारी बहन गर्न सक्नेले मात्र जिम्मेवारी खोजौँ । प्रतिस्पर्धा गर्न नसक्नेहरुले जकडेको कांग्रेस चक्रब्युह हो । महेन्द्र नारायण, गणेशमान र विपी पुत्रले नेपाली कांग्रेसको केन्द्रीय समिति फेल भइसकेको छ । त्यसमा कामु सभापति समूह त त्यसै फैलिएर समूह नै हो । त्यतिमात्र हैन वर्तमानमा दुवै महामन्त्री पनि फेल नै हुन् किनभने उनीहरु पनि नेपाली कांग्रेसका पदाधिकारी हुन् ।
पदाधिकारीहरु कसैले एकले अर्कालाई आरोप लगाउन पाइँदैन । आफूले केही नगर्नेले अर्कालाई गलत भन्न मिल्दैन । अहिलेको अवस्थामा महामन्त्रीहरु प्रकाशशरण बन्न हुँदैन, प्रकाशशरणले त आफ्नो हविगत देखाइसके । उनी कुन हैसियतका हुन् भनेर । गलत गर्नेसँग प्रतिस्पर्धा गरे । आफू पनि गलत भइन्छ । तसर्थ नेपाली कांग्रेसको नेतृत्व तह समाष्टिमा फेल भइसक्यो त्यसैले नयाँ नेतृत्व, नयाँ सोच, नयाँ विचार र नयाँ उद्देश्यका साथ पन्ध्रौँ महाधिवेशनमा जानुको विकल्प छैन ।
हरेक आन्दोलनमा जेन–जीहरुको सहभागीता थियो । भदौ २३ र २४ को आन्दोलन जेन–जी समूहबाटै भयो परिणती उनीहरुबाटै निस्क्यो अनि मात्र मुलुकले जेन–जीको आन्दोलन भनेर महसुस ग¥यो, शक्तिले बदल्न सक्छ भन्ने महसुस ग¥यो । हरेक राजनैतिक दलहरुले जेन–जी समूहको शक्ति आवश्यकता र महत्व बुझे जस्तो गर्दै छन् । पार्टी नेतृत्वले नै विशेष महाधिवेशनको आयोजना गरेरपार्टी नेतृत्व हस्तान्तरण गर्ने पार्टी आज नियमित महाधिवेशन गर्न कांग्रेस किन डराइरहेको छ ?
त्यो थियो कि निर्वाचन लक्षित महाधिवेशन । बाह्र सालमा भएको छैटौँ महाधिवेशनबाट पार्टी सभापति भएका सुवर्ण शमशेरले १४ साल जेठमा विशेष महाधिवेशन मार्फत् विश्वेश्वरप्रसाद कोइरालालाई सर्वसम्मत बनाइयो र सुवर्ण शमशेर कोषाध्यक्ष बन्न पुगे, यो महाधिवेशन निर्वाचन लक्षित महाधिवेशन थियो । डाइनामिक नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचनमा गयो पूर्ण बहुमत हासिल ग¥यो, एकलौटी सरकार गठन ग¥यो ।
यस्तो इतिहास भएको पार्टीमा अहिलेका हुतिहाराहरुको नेतृत्व ? एमालेसँगको गठबन्धन लगत्तै शेरबहादुर देउवाले भनेका थिए कि आफू प्रधानमन्त्री बनेपछि मात्रै पार्टीको पन्ध्रौँ महाधिवशन गर्ने, त्यही कुरालाई अहिले निर्वाचन पछि मात्र महाधिवेशन भन्दै छ । उनको भजन मण्डली जससँग कुनै सामर्थ छैन उनीहरु लोहोराको बिटो बन्दै छन् । त्यो सम्भव छन । शेरबहादुरले पनि सिंगापुरबाट आफ्ना मिजिलान्तेहरुलाई निर्देशन दिइसके रे विशेष महाधिवेशन नगर्नु भनेर हुन पनि हो ।
उनीहरुले सुवर्ण शमशेरको जस्ता विशेष महाधिवेशन त गर्न सक्दैनन् नि ? कतै आफ्ना मतियारहरुले बुद्धि बिग्रिएर विशेष महाधिवेशन गनेृ त हैनन् भन्ने अर्को पिरलो छ । त्यसैले विशेष महाधिवेशन नगर्नु भन्ने आदेश समेत दिइसके । त्यसैले अब सबैले पुस १६, १९ नै महाधिवेशनलाई रोजौँ । नेपाली कांग्रेसले नेतृत्व पंक्ति लोकतान्त्रिक अभ्यास संस्कारलाई कुल्चदै र बिर्सदै अधिनायकवादी चरित्रलाई अंगिकार गरेर अघि बढ्न खोज्छ यस्तो गतिविधि र चरित्र पनि लोकतान्त्रिक दलले द्धेध चरित्र प्रदर्शन गरेका छन् ।
आफूहरु राजनैतिक दलका हरेक गतिविधिहरुमा असफल सावित हुने अवस्था आएम जेन–जी आन्दोलनका कारण समयमा कार्य सम्पादन गर्न नसकिएको भन्दै पन्छिन खोज्छन् भने कही कुनै ठाउँमा आफू सफल हुने अवस्था देखेमा उनै जेन–जस्हरुको तारिफ गर्छन् र आफूहरु जस लिन अघि बढ्छन् । त्यसैले गतिविधि अहिलेका सबै राजनैतिक दलहरुले गरिरहेका छन् ।
कांग्रेसके सन्दर्भमा भन्नु पर्दा नियमित महाधिवेशन गर्न नसकिने, विशेष महाधिवेशन नगराउने यति भए कांग्रेस सकिएन छ ? त्यति मात्र हो र ती सात भाइ सप्तऋषि बनेर अर्कालाई सत्तो सराफ गर्छन् । आफूहरु कति न ज्ञानी र दानी हुम्ला भने झै । जसले जेसुकै भनोस् पूर्णबहादुरको गिद्दिमा शेरबहादुको दिमाग बसेको छ । शेरबहादुर देउवा असहमत पक्षलाई नबोलेर मिनिट्यान्न पार्न खोज्ने पात्र हुन् । उनले गगनलाई टेरेकै छैनन्, उनी शेखरसँग त्रसित छन् ।
गगनलाई ठाउँ–ठाउँमा शेरबहादुरले चुकाइसकेका छन् । संसाकलाई पनि जोखिसकेका छन् तर शेखरको बजन शेरबहादुरलाई थाहा छैन । त्यसैले शेखरसँग त्रसित छन् । शेरबहादुरको प्रवृति हेर्ने हो भने उनी नबोलेर ओलीभन्दा खतरनाक नेता हुन् । उनी विरोध सहन्नन् तर प्रतिपाद नबोलेर गर्छन् । उनी कुटीले मात्र हैन राजनैतिक अपराधी पनि हुन् ।
अब यदि नेपाली कांग्रेसले जिवन्तता प्रदान गर्ने हो भने पन्ध्रौँ महाधिवेशनले शेखर कोइरालालाई नै रोज्नु पर्छ । गगन युवा हुन् तर शेरबहादुरले चुकाउने ठाउँमा चुकाइसकेका छन् । भोलि अन्ति म समयमा आएर शेरबहादुर समूहले त्यो विषम पर्दाफास गर्ने तयारी पनि गरिरहेको छ भने अवस्था पनि छैन । पुस १६–१९ भनेर प्रस्तुत गरेको समयलाई किन स्वीकार्दैन कांग्रेस किन वैशाख चाहियो ?
तिमीहरु सा भाइ त फेल भइसक्यो, तिमीहरुले सहमति जनाउन सक्यौँ भने महामन्त्री पनि फेल हुन्थे तर ती सात भाइको बुसद्ध नपुग्दा अब कांग्रेस विवादित बनेर जाँदै छ । नेपाली कांग्रेसले राजनैतिक अन्योलता चिर्न पनि नियमित महाधिवेशनमा जानु जरुरी छ । जेन–जी आन्दोनले धेरै पाठ पढाएर गएको छ तर राजनैतिक दलहरुले त्यो पढ्न चाहन्नन् किनभने त्यस आन्दोलनले सकारात्मकताको सन्देश दिएको छ ।
न्यायको सन्देश दिएको छ तर राजनैतिक दलहरु शेरबहादुर प्रचण्ड र ओलीलाई नै हेर्ने र बुझ्ने हो भने उनीहरु अराजक हुन्, अधिनायकवादी हुन् । उनीहरु अफ्ठेरो प¥यो भने जेन–ज सम्बोधन गर्ने छन् । सादा जीवनशैली उत्पादन र श्रममा जोडिने नारा सहित एकीकृत भएका दलहरु पनि जनताका रंग हुन् । बुधवार जसरीजनताको नाममा भन्दै कम्युनिष्टहरुको एकता र गठबन्धन भयो त्यो जनताको आवश्यकता पनि हैन आवश्यक पनि छैन ।
नेपाली कांग्रेसभित्र शेरबहादुर छन् यो मुलुकलाई माया गर्ने कोही छ भने पहिलो राजा दोस्रो कोइराला । राजालाई नेपाल रहे म अझै पनि राजा हुन् पाउँछु कि भन्ने आशा छ, कोइरालले गरेका छन्, त्यसैले मुलुकमा आफ्नो अस्तित्व कायम राख्न चाहन्छन् । उनीहरुले गल्ती पनि केही गरेका छैनन्, मुलुकका निमित्त त्याग गरेका छन्, समर्पण गरेका छन् ।
नेपाली कांग्रेसको इतिहासमा शेरबहादुर देउवाका मतियार सात भाइत कुलंगार नै सावित हुने भए महामन्त्रीहरुले पनि याद राख्नु पर्ने कुरा के छ भने अर्को समूहलाई गलत अरोप लगाएर आफू पानी माथिको ओभानो बन्न नखोज । अरोप प्रत्योरोपले हैन बिमतिलाई सहमतिमा ल्याउन कोशिस गरौँ, सबैले सबैको सम्मान गरौँ । नेपाली कांग्रेसभित्र प्रचण्ड जनार्दन केपी र भीम रावलको भन्दा बढ्ता सकुनि पासा फालिएको छ, यो नेपाली कांग्रेसको लागि अशुभ होकि ?
तिमी नौ, देश भाइको राजनीति सकिएत केही छैन, यहाँ मुलुक र जनताको चाहना मर्ने अवस्था आएको छ । अहिले नेपाली कांग्रेस चक्रब्युहमा फस्दै छ यसलाई चक्रब्युहमा फस्न नदेउ त्यही हाम्रो आग्रह हो ।