तुलसीपुर, २० कात्तिक । कर्णाली प्रदेशको रुकुम पश्चिमका पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिएको छ ।
पत्रकारहरुलाई नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना एन।ए।वी।पी नर्वेको आर्थिक सहयोगमा रुकुम पश्चिममा क्रियासील पत्रकारहरुलाई विहिवार एकदिने आधारभुत आँखा स्वास्थ्य तालिम दिएको हो । नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका बरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत सालिकराम गौतमले नेपालमा आँखा स्वास्थ्यको अवस्था, आँखामा लाग्ने रोगहरु तथा उपचारको विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै आँखामा लाग्ने रोग उपचार तथा अस्पताल र उपचार केन्द्रबाट दिने सेवाका साथै विशेषज्ञ सेवा सम्वन्धि जानकारी समेत दिएको थियो । त्यस्तै स्वस्थ आँखा, आँखाको प्राथमीक उपचार र संविधानमा आँखा स्वास्थ्यको विषयमा जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसीले पत्रकारहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा आयोजना हुनु राम्रो पक्ष भएको भन्दै अन्धोपन न्यूनिकरण लागि आफुहरुको पनि अहम भुमिका हुने बताए ।
“आँखा जस्तो संवदशिल अंकको हेरचाह र उपचारका लागि सवै सचेत हुनुपर्छ त्यसमा पनि पत्रकारहरुको भुमिका अहम छ —केसीले भने ।”त्यस्तै पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार वलीले जिल्लाका क्रियासील पत्रकारहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम आयोजना गरि पत्रकारलाई जनचेतना दिने काम गरेको भन्दै समाजका सचेत वर्गमा यस्तो शिक्षा दिनु आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका सभापति खत्रीले रुकुम पश्चिममा आँखा उपचार केन्द्र स्थापना संगै मासिक शल्यक्रिया गर्ने गरेको भन्दै अव आँखाको शल्यक्रिया लागि जिल्ला वाहिर जानुपर्ने बाध्यता अत्य भएको बताए । उनले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क आँखा शिविरमा साथै सशुल्क शल्यक्रिया हुने गरेको बताए ।
खत्रीले आँखा सर्जिकल उपचार सेन्टरको भवनका लागि जग्गाको व्यवस्थापन र भवनका लागि बजेट समेत विनियोजित भएको बताए । तालिममा २ दर्जन विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा पत्रकार महासंघ रुकुम पश्चिमका सभापति गोपाल प्रसाद रेग्मीले पत्रकारहरुले पनि आँखा स्वास्थ्य शिक्षा विभिन्न सञ्चार माध्यम बाट दिने प्रदिवद्धता व्यक्त गदै धन्यवाद सहित तालिमको समापन गरेका थिए ।