गोरक्ष समाचारदाता
दाङ, १८ कात्तिक । शान्तिनगर गाउँपालिका–२ पेदा, दाङका चन्द्रबहादुर बुढाथोकीको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ ।
गत जेठ १९ गतेबाट चन्द्रबहादुर घरपरिवारसँग सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले आग्रह गरेको हो । केही समय पहिले ह्वाट्सएपमा सम्पर्क गरेर ज्यान सुरक्षाका लागि देश बाहिर रहेको भने पनि अहिले उनी सम्पर्कविहीन भएको उनकी श्रीमती सविता रोकाले बताइन् । गाउँ, समुदायमा गैरहिन्दु धर्मको प्रचारप्रसार गर्ने क्रममा गाउँले तथा घरपरिवारसँग विवाद भएपछि चन्द्रबहादुर सम्पर्कविहीन भएको श्रीमती सविताले जानकारी गराएकी छिन् ।
श्रीमान् सम्पर्कविहीन भएपछि आफू र छोरी माइती घरको शरणमा बसेको श्रीमती सविताले बताएकी छन् । बुढाथोकीलाई कतै देखे, भेटे वा कसैको सम्पर्कमा आए नजिकैको प्रहरी कार्यालयमा वा घरपरिवारलाई खबर गरिदिन वा श्रीमान् स्वयम्लाई सम्पर्कमा आउन सविताले आग्रह गरेकी छिन् ।