जन्मदिनमा ह्विलचेयर सहयोग

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ कात्तिक । तुलसीपुर–५ का गोरखबहादुर वलीले जन्मदिनको अवसरमा ह्विलचेयर सहयोग गरेका छन् । आइतवार तुलसीपुर–२ एकता टोल निवासी टोपबहादुर ठारालाई ह्विलचेयर सहयोग गरेका हुन् ।

ठारा जन्मजात शारीरिक रूपमा पूर्णअपाङ्गता भएका व्यक्ति हुन् । ४६ औँ जन्मोत्सवको अवसरमा शारीरिक रूपमा पूर्णअपाङ्गता भएका ठारालाई घरमै गएर उनले ह्विलचेयर प्रदान गरेका हुन् । त्यस अवसरमा तुलसीपुर–२ का वडाअध्यक्ष भीमबहादुर योगी, निवर्तमान अध्यक्ष राजु आचार्य, नेपाली कांग्रेस तुलसीपुरका नगर सभापति सुरेश हमाललगायतको सहभागिता रहेको थियो ।

वलीले जन्मदिनमा फजुल खर्च गर्नुुन्दा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्नु मानवीय धर्म रहेको बताए । वली विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । उनी हाल तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सल्लाहकारसमेत हन् । कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गरेका थिए ।