calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

कविता : क्रान्ति !

 

– श्रीराम दहित

तीव्र गतिमा यात्रा गर्ने यस यात्रामा
हामी सधैं सम्हालिएर अघि बढ्नुपर्छ।
सकारात्मक परिवर्तनका द्वार खोल्दै
सुरक्षित र सुसंस्कृत क्रान्ति गर्नुपर्छ।

क्रान्तिको विचार सफल पार्न
साधना र संयमको शैली अपनाऔं।
आराधनाको बाटो समात्दै
जन–जनमा खुशी र समृद्धि वर्षाऔं।

शोध, सिर्जना र क्रियाशीलता
मानव चेतनामा जगाऔं,
व्यक्ति, परिवार, समाज, राष्ट्र हुँदै
विश्व शान्तिको दीप प्रज्वलित बनाऔं।

विचारलाई पवित्र पार्दै
चिन्तन–मनन उच्च बनाऔं,
आध्यात्मिक, भौतिक, राजनीतिक र आर्थिक
सकारात्मक क्रान्ति गरौं।

सनातन नीति र विधिका आदर्शमा
सधैं दृढसंकल्पित रहौं,
नैतिक, सामाजिक र मानवीय मूल्यका
मन्त्रहरूमा स्थिर रहौं।

देश, काल र परिस्थिति अनुसार
सदैव कर्म गरौं,
मानव जीवन सार्थक बनाउन
आवश्यक त्याग गरौं।

क्रान्ति–नायक लक्ष्य र उद्देश्यसहित
अगाडि बढुन्,
बालबालिका आजका साझेदार हुन्,
संस्कार र ज्ञान लिन अघि बढुन्।

क्रान्ति सफल हुनेछ जब
विभेदमुक्त समाज बन्छ,
सत्य, सुन्दरता र भाइचाराको
व्यावहारिक रुप देखिन्छ।

क्रान्ति–नायक बन्न दियोझैँ
आफैं जल्नुपर्छ,
सफलताको शिखर चुम्न
नायकका सहयात्री बन्नुपर्छ।

गाउँ–बस्तीको शोक र भोकमा
राहत दिनु नै साँचो क्रान्ति हो,
तर राष्ट्रको ढुकुटी दुरुपयोग गर्दै
नेतृत्वमा बस्नु त केवल भ्रान्ति हो।