दाङ,१६ कात्तिक । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । क्यान्सरबाट पीडित डिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि बिरामी ८० बर्षीय डिसीको उपचारका क्रममा आइतवार विहान निधन भएको हो । ‘पानी बा’ को नामबाट समेत चिनिने डिसी लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर सेवा गर्दै आएका थिए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापनादेखि नै संस्थामा आबद्ध भएका डिसी २०५४ सालमा संस्थाको सदस्य बनेका थिए ।
दुई कार्यकाल सदस्य भएर काम गरेका डिसी २०६० सालदेखि अध्यक्ष पदमा रहेर काम गर्दै आएका थिए । डिसी खानेपानी संस्थासँगै विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।