सुभाष न्यौपाने
हरेक आन्दोलन पछि आन्दोलन सफल पार्नलाई ।
भूमिका कांग्रेसले खेल्छ देशलाई सफल बनाउनलाई ।।
छ्यालिसको होस् कि बैसठ्ठी त्रिसठ्ठीको आन्दोलन ।
सफल पारेर संविधान सभा निर्वाचन गर्ने कांग्रेस ।।
कांग्रेसले हारेर केही हुन्न देशले हार्नु हुन्न है ।
लोकतन्त्रमा निर्वाचनलाई मुख्य आधार मान्नुपर्छ है ।।
बहत्तरको संविधान ल्याउने कांग्रेस हो ।
मृत्युसम्म घटना के हो रोकिएनन् सुशीला अ हो ।।
मुलुकको इतिहासमा हरेक आन्दोलनको सफल नेतृत्वको लागि मुलुकभित्रका सबै राजनैतिक दलहरुलाई समेट्दै अगाडि बढ्ने नेपाली कांग्रेस पछिल्लो समयमा किन अल्मलियो ? भन्ने प्रश्न आम नागरिकको मनमा उब्जिएको छ । यस विषयमा नेपाली कांग्रेसले जनताको भावना बुझ्न सकेन कि संविधान अनुसार सुशीला कार्की नेतृत्वको मुलुकमा गठन भइसकेको छ ।
कुनै पनि बहानामा देशमा द्वन्द्वलाई भड्काइरहेर बस्यौँ भने मुलुकमा समृद्धि कुरा त पुरै छोडौँ मुलुकमा सधै शान्ति खलबलिइरहन्छ । त्यस्तो अवस्थामा जिम्मेवार राजनैतिक दलहरुले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिएर अर्कालाई आरोप लगाएर मात्र छुट्टी पाइन्न । त्यसैले लोकतन्त्रको मान्यता अनुसार समन्वत्तात्मक भूमिका राष्ट्रपतिमार्फत् अगाडि बढाउन नेपाली कांग्रेसले पहल गर्नुपर्छ र सबै राजनैतिक दलहरुलाई साथमा लिएर सरकार र आन्दोलनकारी शक्तिहरुलाई विश्वास दिलाउने गरी अगाडि बढ्न समेत जनताको अनुरोध छ ।
जनताको साथ पनि छ । पटक–पटक आन्दोलन पछि सार्थक वार्ताको ओजी हुन्छ भन्छ र गरिन्छ पनि । आन्दोलनलाई सार्थकता दिनको लागि निश्चित समूहभित्र पनि तोकिन्छ र गर्छ पनि तर आज आफूले त्यो अवसर पाइरहँदा पनि नेपाली कांग्रेस किन बिरामी अनुहार लिएर बसेको छ ? यसको पनि जवाफ जनताले खोजेका छन् । कतै गुटगत दल भएर त हैन ? यदि आफू भित्रको गुटगत राजनीतिले देश र जनतालाई कांग्रेसले गाँजेर राख्न खोज्यो भने कतै नेपाली कांग्रेस भेट्न विपी कोइरालाको जीवनी पढ्नु पर्ने त हुने हैन ?
अहिलेको परिवर्तन जेन–जीको नाममा आएको हो । उनीहरुको सम्मानित सम्बोधन हुनुपर्छ । घुसपैठको सन्दर्भमा त कहाँ कति भयो त्यो त खोज अनुसन्धानले बताउला । मुलुकले अब पुग्यो शान्तिमा रुपान्तरण हुँदै समृद्धितर्फ अघि बढौँ भन्दै छ तर एकले अर्कालाई आरोप र लाग्छन् । लगाउने क्रम जारी नै छ । हिजोदेखि आजसम्मका अपवात प्रधानमन्त्री र सचिवहरुबिना आरोपका कोही पनि भेटिएनन् पछिल्लो मन्त्री बब्लु गुप्तासम्म ।
कम्पुनिष्ट पार्टीहरुले आफ्नो मङ्सिरमा गर्ने भनेर तोकिसके तर नेपाली कांग्रेस जसले आजसम्मका हरेक आन्दोलनको नेतृत्व गरेको छ । त्यही दलले आफूलाई लोकतन्त्रको पर्यायबाची बताउँछ । त्यही आफ्ना भइराखेका गुट उपगुटभन्दा उठ्न नसक्नु कस्तो लोकतन्त्र हो, भनिन्छ शेरबहादुर औषधी उपचार गर्न विदेश गएको अवसर छोपेर कांग्रेसका कार्यबाहक सभापति लगायतका सात भाइले माखे साङ्लोमा बेरेका छन् ।
उनीहरु विशेष महाधिवेशन त के नियमित महाधिवेशन पनि यथा समयमा नगराउने पक्षमा छन् । उनीहरुसँग न त साङ्गठनिक क्षमता छ, न त नेतृत्व क्षमता छ, उनीहरु त आफ्नो छायाँसँग डराइराखेका छन् । अर्थात् कार्यकर्तासँग डराइराखेका छन् । शेरबहादुरलाई महादेव मानेर परिक्रममा गरिराखेका छन् । शेरबहादुर देउवाको चौधौँ महाधिवेशनको नतिजाले पनि देखाइसकेको छ प्रकाशमा र विमलेन्द्रले उतिबेलै विभिन्न वार्गेनिङ गर्दै पैसाको कुम्लो बोकेर हिँडे, सिटौला राष्ट्रिय सभामा बेचिए, गोपालमान पनि त्यस्तै हुन ससांकले विपीको नाम गुट्खासँग चपाइसके ।
सबै जिम्मेवार व्यक्ति वा समूहरु जेन–जीको नाममा कसैले थकाउन खोज्छन् भने कोही पन्छिन खोज्दै छन् । सरकार समुदाय र राजनैतिक दल समेत जेन–जीकरण गरेर अघि बढिराखेका छन् । सरकार र राजनैतिक दलहरु पनि जेन–जीको नाममा धमिलो पानीमा माछा मार्न खोज्दै छन् । सरकार पनि निर्णय गर्ने कुरा गर्छ, कार्यान्वयन चाही संविधान अनुसार भन्छ फेरि जेन–जी भाइबहिनीहरुको चाहना अनुसार ।
नेपाली कँंग्रेसका नेतृत्वकर्ताहरु पनि पनि जेन–जीकरणमा फसेर आफ्ना जिम्मेवारीहरुबाट पन्छिन खोजेको छ शेरबहादुर देउवाको औषधी उपचारको बहानामा गत भदौ २३÷२४ गते भएको नेपालको जेन–जी आन्दोलनमा निहत्ता सर्वसाधरण छ दर्जनभन्दा बढी मारिँदा टुलुटुल हेरेर बस्दै गर्ने सरकारको नेतृत्वकर्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जति विवाद र बहसमा उग्रताका साथ प्रस्तुत भइरहँदा नागरिक समुदायबाट त्यति आलोचित हुँदै गएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष आफू माथि र छोरीहरु माथि छानविन सुरु हुन लाग्यो भन्ने थाहा पाएपछि प्रधानमन्त्री समक्ष दुतहरु पठाउँछन् । छानविन रोकिदिनु प¥यो हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्दै त्यस्तो परिस्थिति देख्दा देख्दै शेरबहादुर देउवो २३ गतेको सरकारी हिंसाका कारण नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएको विज्ञप्ती मात्र सार्वजनिक गरिदिएको भए भाद्र चौविसमा भएको धनजनको नोक्सान अलि कम हुन्थ्यो कि, उनी प्रतिको आक्रोश कम हुन्थ्यो कि उनी माथि भएको आक्रमण कम हुन्थ्यो कि, घरभित्रको झिटी झेम्टा बाहिर आउँदैनथ्यो कि त्यति कुरा शेरबहादुरले बुझ्न नसक्नु पनि कमजोरी नै हो ।
जसको कारण आक्रोशमा आएको युवाहरुको जमातले हातपात मात्र नभई कुटपिट समेत गरे, जसको कारण बिरामी भई उपचार गर्न विदेश जानु पर्ने अवस्था आयो, त्यसप्रति धेरै टिकाटिप्पणी भइरहेका छन् । भागेको, लुक्न गएको भन्ने समेत मुलुकभित्र शेरबहदुरका सात भाइ भक्तहरुले शेरबहादुर फर्केर आएपछि पार्टीको महाधिवेश गर्ने भन्ने सुरसार कसैको जस्तो देखिन्छ ।
शेरबहादुर सशक्त नै भएदेखि शेरबहादुरले एउटा निर्णय बस्थे । अब उनमा मनोबल पनि छैन, बहस गर्ने तागत पनि छैन । शेरबहादुर देउवाको मनोबल अब न राजनीति मात्र हैन कही दलीय मिटिङ भइहालेमा त्यहाँ समेत उपस्थित नहुनेगरी खस्किसकेको जस्तो बुझिन्छ । त्यसैले बाँकी कांग्रेसलाई जिवित राख्ने हो भने अब समयमै महाधिवेशन भन्दा अर्को कुनै विकल्प छैन । अब पुनर निर्माणको लागि पुनर जागरणको अभ्यास गर्नु जरुरी छ । त्यसका लागि नेपाली कांग्रेसले आफ्नो महाधिवेशन समयमा सम्पन्न गर्नुको कुनै विकल्प छैन ।
नेपालको इतिहासमा भएका सबै आन्दोलनले कांग्रेसको नेतृत्व भई सफलता हासिल गरेका थिए । स्मरण रहोस् यसैपालिको जेन–जी समूहद्वारा आह्वान गरिएको आन्दोलनले नेपाल कांग्रेसको नेतृत्व मात्र हैन कांग्रेसको सहभागिताबिना नै परिवर्तन गरेको छ । यस घटनालाई नेपाली कांग्रेसले के बुझेको छ । कसरी लिएको छ ? के ख्याल हो त यो परिवर्तन ? यसलाई कति न्यून आँक्ट कांग्रेस, कांग्रेस बिना पनि त परिर्वतन हुँदो रहेछ ? यति कुरा नबुझिकन नेपाली कांग्रेस आपसमै गाँडा लोट गर्न थाल्यो भने नेपाली कांग्रेसले आफ्नो साख आफै गुमाउने छ ।
अस्ती बुधवारका दिन सरकारले त्रिपक्षीय वार्ताको आयोजना भयो । जसमा सरकार राजनैतिक दल र जेन–जी प्रतिनिधिहरुको उपस्थितिमा सौहार्द पूर्ण वातावरणमा सम्वाद भएको छ । जसमा जेन–जी समूहले दलहरु सँगको सहकार्य बिना निर्वाचन सम्पन्न हुन नसक्ने भन्ने कुरा स्वीकार्य सकेको हुँदा दलहरु जिम्मेवार पूर्ण तरिकाले उपस्थिति हुन अनुरोध समेत गरेका छन् ।
निर्वाचनबाट एउटा मात्र उनीहरुको माग छ निर्वाचन सम्पन्न हुँदासम्म सुशासन प्रत्याभूत हुने र भ्रष्टाचार अन्त गर्न सक्ने वातावरण तयार पारिसकौँ । यो प्रस्ताव त जेन–जी समूहको मात्र नभएर सबै नेपालीहरुको माग हो । यसमा छलफलको विषयगत प्रमुख कार्यकारी प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनबाट छनोट, यति मात्र हो । के राजनैतिक दलहरु मुलुकमा सुशासन प्रत्याभूत गराउने विषयमा आफूलाई निश्चिन्त गर्न सक्दैनन् ?
भ्रष्टाचार मुक्त देश बनाउने कुरामा सहमत हुन सक्दैनन् ? वार्तामा सकारात्मकताका साथ प्रस्तुत हुने, आफ्ना विषयहरु पेस गर्ने, तर्कहरु राख्ने, लोकतान्त्रिक पद्धतिमा राजनैतिक दलहरुले प्रतिनिधित्व गर्छन् भन्ने विश्वास दिलाउने । यस्ता अत्यावश्यक विषयमा छलफलका साथ आफू उपस्थितका एजेण्डाहरु तय गरेर सम्वातमा उपस्थित हुने अवस्थामा महाधिवेशनलाई अल्झाई र बल्झाई गरेर ठगी खाने भाँडा बनाएर सिंगो नेपाली कांग्रेस बसिरहेको छ ।
शेरबहादुरको स्वास्थ्य उपचार र कार्यबाहकको विभिन्न अपव्याख्यामा मुलुकलाई निर्वाचनको गन्तव्यमा जानुको विकल्प नरहेको बेलामा विभिन्न सञ्चार माध्यमह्रुले दिएका कपोलकल्पित समाचारहरु प्रशारण गरेर नागरिकलाई दिग्भ्रमित नबनाउन नेपाली जनताको आग्रह पनि छ । जेन–जी समूह र राजनैतिक दलहरु सहित सरकारले आरम्भ गरेको वार्तामा राजनैतिक दलहरुका पनि आफ्ना एजेण्डा त होलान् तर मुलुकको निकाशको लागि निर्वाचन नै हो ।