युवराज शर्मा
नेपालमा सत्ता परिवर्तन २००७ सालदेखि हुँदै आएको छ । यसबाट नेपालीहरुले जीवनमा परिवर्तन भएको अनुभूति गर्न पाएनन् । गरिबी, अभाव, स्वार्थपूर्ण नेताहरुको जीवनशैली मात्र देख्न सकेका छन् । यस्ता परिवर्तनहरु २००७ सालेदखि २०२८ सालसम्मको देखियो ।
यो ७५ वर्षको समयमा चप्पल पड्काएर राजधानी काठमाडौँ छिरेकाहरुले राजनीतिबाट अकुत सम्पत्ति कमाएको नागरिकले देखेका छन् । यसबाट के देखियो भने राजनीति धन सम्पत्ति जोड्ने आधार भएको नेपालीहरुलाई ज्ञान भयो । नागरिकका लागि भुतो न भविष्य भएको पाए । वर्तमान समयमा पनि रोएर बस्तु परेको छ ।
मानिसका लागि खाना, नाना, कपडा र बास अनिवार्य हुन्छ । यसैका लागि कुल जनसंख्या मा ५० प्रतिशत नागरिक पीडित छन् । अझ आदिबासीहरुको अवस्था कमजोर छ । उनीहरु रोएर बसेको अवस्था छ । राणा शासन फाले र राजाको शासन प्रणाली सक्रिय बनाए यही हो ? प्रजातन्त्र भित्राएको ।
प्रजातन्त्र भनेको लोकतन्त्र हो । जहाँ जनताको शासन चल्छ तर शासन सत्ता चल्यो राजाको । मन्त्रीहरु भए राजाका अनुयायी । प्रधानमन्त्री भएका थिए– राजाका बफादार सेवक । जनता भए राजाका रैतिहरु त्यस समयमा प्रजातन्त्रवादीहरुले आफूहरुलाई शक्तिका प्रतिक ठान्थे । उनीहरुले राजा र राजपरिवारको भक्तिगान गर्थे । राजाको आङ भरोसामा आफ्नो स्वार्थपूर्ति गर्ने गर्थे । यसरी प्रजातन्त्रको समय बितिरहेको थियो ।
राजा शक्तिशाली भएपछि श्री ५ त्रिभुव निधनपछि राजा महेन्द्र शाह राजा भएका थिए । उनले देश दर्शन गर्न पूर्व र पश्चिममा जिल्लाहरुको भ्रमण यात्रा गरेका थिए । उनको पैदल यात्रालाई सचाउ पु¥याउन रुस सरकारले एउटा घोडी पठाइदिएको थियो । त्यस घोडी उकालो र सम्मो बाटानेमा सहज थियो । त्यसबेला राजा हिड्ने बाटो भनेर जनाले निस्वार्थ खनेका थिए ।
यस्तो बाटोको ज्यादा भाग मध्यपहाडी हुलाकी मार्ग नै थियो । देशमा प्रजातन्त्रको नाममा राजनीतिक आडमा आर्थिक अवस्थामा धेरै दोहन भएको थियो । ठाउँ–ठाउँमा जनताको आक्रोश राजाले सुनेका थिए । जब उनी काठमाडौँ फिर्ता भए तब नेपालको अवस्था सम्झे र आफूले केही कदम चाल्ने संकेत दिएका थिए ।
अन्तमा २०१७ साल पुस १ गते राजसत्ता आफ्नो हातमा लिएर नेपालमा पञ्चायती व्यवस्था लागु गरेको इतिहास रचेका थिए । उनको समयमा नेपालबाट नेपाल जाने बाटो थिएन । २०१९ सालमा पूर्व मेचीदेखि महाकाली सम्मको राजमार्ग बनाउने योजना अगाडि सारेका थिए । पहिलो सहयोग रुस सरकारले मेचीदेखि पथलैया सम्मको बाटो बनाइदिने भयो ।
त्यस्तै सहयोग पथलैयादेखि नारायणघाटसम्म ब्रिटिश सरकारको सहयोग भयो । तब भारतका प्रधानमन्त्री इन्दिए गाँहरीले राजालाई सोधिन्– हाम्रो स्वीकृति नभएसम्म राजमार्ग बनाउन पाइन्न भनेपछि राजा मेहन्द्र शाहबाट उत्तर गयो कि नेपाल एउटा सार्वभौम देश हो । मेरो भूमिमा मैले कुनै निर्माण गर्दा भारतलाई सोध्नु पर्दैन ।
भारतले सहयोग गर्ने भए नारायणघाटदेखि नेपालगञ्जसम्म सहयोग गर्नुस् । यस्ता बचनले राजमार्ग बनेको थियो । नेपालगञ्जदेखि महेन्द्रनगर कञ्चनपुर गड्डाचौकीसम्म चीनले बनाउने भएपछि भारतले जुर मुराएर आफूले बनाउने भयो । अहिले मेचीदेखि महाकालीसम्म स्वदेशमा यात्रा गर्न सकिन्छ । राजा महेन्द्र शाहको पालामा ५४ उद्योगहरु थिए ।
नेपालका प्रजातन्त्र प्रेमीहरुले २०४६ सालमा प्रजातन्त्र ल्याए र राजाको शासनकाललाई खुम्चाइदिएका थिए । नेपालका राजनीतिक दलहरुले देशमा उथलपुथल गर्छन् तर जनताको जीवनस्तर उठाउन सकेका छैनन् ।
उनीहरुको प्रजातन्त्रको नाममा आफ्नै जीवनशैली स्वर्गतुल्य बनाएका छन् । यो परिवर्तनबाट केही भएन भन्दै २०५२ साल फागुन १ गतेदेखि नेकपा माओवादले ४० बुँदे माग सहितको पत्र बुझाउँदै सरकार विरुद्ध शक्ति संघर्षमा उत्रियो । यसका नेता पुष्पकमल दहाल प्रचण्ड थिए भने डा. बाबुराम भटराई सहयोगी थिए ।