एकसय बढी आँखाका विरामीको निःशुल्क अप्रेशन

तुलसीपुर, २८ असोज । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले दुई दिनमा एकसय बढी आँखाका विरामीहरुको निःशुल्क शल्यक्रिया गरेको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर– ४ रक्षाचौर दाङको प्राविधिक सहयोग तथा दुल्लु नगरपालिका दैलेखको आयोजना र रिडले आई फाउण्डेशन नेपालको आर्थिक सहयोग दुल्लुमा असोज २६ र २७ गते निःशुल्क शल्यक्रिया भएको थियो । कर्णाली प्रदेशको दुल्लु नगरपालिकामा भएको निःशुल्क आँखाको शल्यक्रिया शिविरमा ४ सय जनाको आँखा जाँच गरिएकोमा एक सय ४ जना मोतियाविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका बाह्र्य कार्यक्रम संयोजक विमल घिमिरेले जानकारी लिएका छन् ।

त्यस्तै दैलेखमा स्थानीयहरुले घर आगनमै निःशुल्क शल्यक्रिया सेवा पाएको भन्न्दै स्थानीयबासीहरुले खुसी समेत व्यक्त गरेका छन् । “ घर आगनमै निःशुल्क शिविर आयोजना गरि हामी सवैलाई आँखा खुलाई दिनुभएको छ हामी धेरै खुसी छौ”, स्थानीय कृष्णा गिरीले भनिन् । सानै उमेरमा एउटा आँखा चोटपटक लागे पछि देख्न छोडेको र अर्को आँखा मोतिविन्दुका कारण केहि महिना देखि देख्न छोडेपछि आफुलाई समस्या भएको गिरीले बताइन् ।

उनी जस्तै धेरैले शल्यक्रियाका लागि अस्पताल सम्म जान नसकेको र गाउँ घरमै शिविर आएकाले शल्यक्रिया पछि आफुहरूले उज्यालो प्रदानगरेको भन्दै उनिहरुले खुसी व्यक्तगरेका थिए । त्यस्तै दुल्लु नगरपालिका ५ कि—८१ बर्षीय रुपकला खड्काले शिविरमा निःशुल्क आँखा जाँच गरि मोतिविन्दुको शल्यक्रिया सेवा पाएकोमा खुसी व्यक्तगरिन । विभिन्न कारणले आँखा उपचार सेवा वाट बन्चित दुल्लुका स्थानीयहरुलाई आँखा स्वास्थ्यमा शिविर सञ्चालन संगै धेरै राहत मिलेको स्थानीय यमबहादुर खड्काले बताए ।

शिविरमा आँखा जाँच गरिका ४ सय विरामी मध्य धेरै जसो विरामीहरुको आँखा चिलाउने विजाउन र मोतियाविन्दुका कारण दृष्टि कम हुदै गएको पाएको नेत्रसहायक रमेश गिरीले जानकारी दिए । नेत्रविशेषज्ञ डाक्टर नन्दा गुरुङ सहितको अस्पतालको प्राविधिक टोलिले सेवा दिएको थियो । साथै असोज २९ र ३० गते जाजरकोटको जिल्ला अस्पतालमा निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको बाह्य कार्यक्रम संयोजक विमल घिमिरेले जानकारी दिएका छन् । त्यस्तै आँखा चेकजाँच गरिएका मध्य धेरै जसो प्रेसरका विरामीहरु भएको र उनीहरुको प्रेसर नियन्त्रण नभएपछि आँखाको शल्यक्रिया गर्न नसकिएको बताएको छ ।