सामाजिक सुरक्षाकोषमा प्रतिष्ठानका कर्मचारी

गोरक्ष समाचारदाता
दाङ, २७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले सरकारलाई साथ दिँदै प्रतिष्ठानलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको छ । यस अघि आउट सोर्सिङका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको प्रतिष्ठानले पहिलो चरणमा छैठौँ तहसम्मका करार, अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आबद्ध गरेको हो ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले यसै आर्थिक वर्षदेखि हाल अधिकृत तहका सबै कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको जानकारी दिएका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि प्रतिष्ठानका कर्मचारीले राहतको महसुस गरेका छन् । यसअघि सामाजिक सुरक्षाकोषमा प्रतिष्ठान आबद्ध भएको थिएन् ।

राप्ती प्रतिष्ठान कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने पहिलो प्रतिष्ठान बनेको छ । सरकारको निर्णयसँगै प्रतिष्ठानका पाँच सय बढी कर्मचारी सामाजिक सुरक्षाकोषमा आबद्ध भएका छन् ।