दाङ, २५ असोज । नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसन राप्ती शाखाले जिल्ला ट्राफिक कार्यालय दाङलाई सहयोग हस्तान्तरण गरेको छ ।
शनिबार एसोसियसनले एक कार्यक्रमका बिच ट्राफिक कार्यालयलाई ५१ हजार रकम सहयोग हस्तान्तरण गरेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । ‘जेनजी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । कार्यालयबाट कार्य सम्पादन गर्न समस्या भएको छ । कार्यालयका कामकाज गर्न सहज होस् भन्ने उद्देश्यले एसोसियसनका तर्फबाट सहयोग प्रदान गरेका हौँ ।’
एसोसियसनका अध्यक्ष राजभक्त रानाले भने । एसोसियनले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गदै आएको छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख उपेन्द्र बमलाई हस्तान्तरण गरिएको थियो । एसोसियसनको सहयोगप्रति प्रमुख बमले कृतज्ञता ज्ञापन गरेका थिए । कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष शंकर अधिकारी, सचिव गणेश कुमार रेग्मी, कोषाध्यक्ष रमेश दसौदी, सदस्यहरू नविन कुमार पाण्डे, रेशम केसी, प्रविण थापा लगायतको सहभागिता रहेको थियो