मधुसूदन गिरी
कमिरेचौर,२५ असोज । दाङको बंगलाचुली गाउँपालिकामा रहेको कमिरचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १८ ओै साधारणसभा शनिवार सम्पन्न भएको छ । कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभालाई सम्वोधन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले सहकारी सस्थाका माध्यमबाट महिलालाई आर्थिक आय आर्जनमा जोडिन आग्रह गर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागि पालिकाले सहयोग गर्ने बताए । उनले सहकारीलाई नियमन गर्ने काम पालिकाको रहेको र सहकारी आफ्नो उद्देश्य र नियमभित्र रहेर काम गर्नुपर्ने बताएका थिए । साथै पालिका अध्यक्ष पुनले सहकारीमा आवद्ध किसानलाई कृषि व्यावसाय लगानी गरि उत्पादनमुलक कार्यमा जोडिन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले सहकारीमा ऋण लिएर समयमै नतिरेका ऋणीकाे भावना बुझेर मात्रै दबाब दिन आग्रह गरे । उनले सहकारी प्रति सकारात्मक भावना जाग्ने बताए । साथै सहकारीमा आवद्ध भइसकेपछि हरेक अप्ठ्यारोमा ऋणको सारथि बन्नुपर्ने र अरुको लहलैमा ऋण लग्ने प्रवृत्ति कम हुनुपर्ने उनको भनाइ थियो ।
साधारणसभामा जिल्ला सहकारी संघ दाङका लेखासमिति संयोजक होमलाल भुसालले सहकारीले नियम र अधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । सहकारी सस्थाको नीति र उद्देश्यभन्दा बाहिर जाने सहकारी सस्थाहरु डुव्दा शेयर सदस्यहरु समस्यामा रेको भन्दै त्यसलाई ख्याल गरेर उद्देश्य अनुसार अघि बढ्नुपर्ने अनावश्यक खर्च कटौतीमा जोड दिएका थिए । साधारणसभामा संस्थाको बार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव बसन्त तिवारी र बार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला घर्तीले प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, बंगलाचुली वडा नम्बर ३ का सदस्य सुशीला खत्री, काभ्रे कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज परियार, बंगलाचुली अस्पतालका सिनियर अहेव दामोदर पुलामी, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मधुकर बिसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष शिवा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक नारायणी गिरीले गरेकी थिइन ।