गोरक्ष समाचारदाता
दाङ, २५ असोज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अपाङ्गता भएकाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । दिवसको अवसरमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन झिँगौरामा शुझवार एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएकाहरूलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र स्वहेरचाहसम्बन्धी सचेतना दिइएको हो ।
नेपाल महिला सामुलदायिक सेवा केन्द्र दाङ र फेरमेड फाउन्डेन नेपालको आयोजनामा दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक समस्या हुनुका कारण, लक्षणहरू, समस्या समाधानका उपायहरू, तनाव व्यवस्थापन, स्वहेरचाह गर्ने उपायलगायतका विषयमा जानकारी गराइएको थियो ।
सहभागीलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवनका अध्यक्ष रुपा वली, उपसचिव वसन्तराज भट्ट, फेरमेड फाउज्डेसनका शोभाराम भण्डारी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके शीतल, प्रेरणा परियोजनाका जिल्ला संयोजक विवेक केसीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका आइटी अफिसर प्रमेश चौधरीले गरेका थिए ।