कविता : राष्ट्रिय सम्पदा

भुपेन्द्र सुवेदी

पहिचान र अनुसन्धान नभई सम्पदा गए खेर,
बाहिर–बाहिर खोज्दा छन् यिनी जति खेर ।
बिना बसाएको छ कस्तुरीको खोज्दै बाहिर,
पत्तो पाउनै मुस्किल भयो पहिचानको खातिर ।
हिंम श्रृङ्खला अग्ला पहाड, नदी, तलाउ, किनार,
लुकेका छन् सम्पदा यहाँ गर्न खोजौ चिनार ।

प्राविधिक आँखाले देखिराछ भनिराछ ओहो,
यहाँ कसले कहिल्लै चिन्दैनन् यसलाई ठहराउने कोहो ।
सम्पदाको लेखो छैन जता हेरिन्छ पसारो,
पूँजी जती आउने मितता भयो लगानी गर्नै गारो ।
हाईड्रोपावर र सिँचाइ गर्न नदी गर्छन् खेर,
जडीबुटी पहिचान नभई गइरहेका छन् सबै खेर ।

खनिजहरु पहाड चित्र कसिराछन् लुकी,
उत्तरमा समस्या भयो देश सधै दुखी ।
घरभरी कडा छन् छोराछोरी लाङ्गै,
अभिभावक अगतिलो हुँदा मिलेन है स“गै ।
रारा ताल छन् पर्याटकीय सात,
यातायातको व्यवस्था मिलाई विदेशीता सोच ।
शेभा फाँटको लेखा छैन उत्पादन गर्न,
खेती उत्पादन गर्न साटो बस्ती ल्याउ भर्न ।

हग्ने ठाउँमा पुग्छन यिनले पुज्ने ठाउँमा हग्छन्,
आवश्यक व्यवस्था मिलाउन नसकी सबै लहलहैमा बग्छन् ।
डाँडा–डाँडा बस्ती हरायो जंगलले घे¥यो सबै,
फाँटका जग्गामा खेती हुने कृतिभरी सबै ।
खाली सुख सम्पत्ति र मोज मस्ती कै खातिर,
नेतृत्वले रिसिए सबै देश विकासको खातिर ।
देशको लागि चिन्ता छैन योजना छैन,
यही नेतृत्व अघि लागे देशको अस्तित्व रहने छैन ।