कविता : स्वास्थ्य नै धन हो

एकराज शर्मा अधिकारी

जता हे¥यो उतै आज मानिस रोगी बन्दै छ
स्वास्थ्यमा ध्यान नदिनाले मृत्युको दिन गन्दै छ
कसैलाई शारीरिक रोग, कसैलाई मानसिक व्यथा
लेखेर मात्र सकिन्न, मानिसको दुःखको कथा

कर्तव्य पालना गर्न छोडे मानिसले अब
सबै शिक्षित छन् आज तीनै दुखित् छन् अझ
फुर्सद छैन कसैलाई काममा व्यस्त छन् सबै
दिनचर्या नगर्नाले मानिस दुखी छन् अझै

छ कसैलाई सताएको मधुमेहको रोगले
छ कसैलाई सताएको पापी त्यो बाथ रोगले
सहरीकरण हुँदै जाँदा विशालु यो समाज भो
हावापानी र खानपिनमा सुधार गर्ने बेला भो