के.पी.सुवेदी
युरोप, अमेरिकालाई तहसनहस बनाउने गरी विज्ञान र प्रविधिलाई चुनौती दिइरहेको शुक्ष्म भाइरस विश्वका महाशक्तिहरुलाई कमजोर बनाइरहेको मात्र नभई एकप्रकारको मनोवैज्ञानिक युद्धतर्फ धकेलिने अवस्थामा पु¥याएको छ । पहिलो लडाईं नोवेल कोरोना भाइरस मानव निर्मित हो वा प्राकृतिक उपहार हो भन्ने अन्योलकै बीचमा एकले अर्कालाई आरोप लगाउँदै आइरहेका छन् । विश्व स्वास्थ्य संगठनसँग स्वतन्त्र छानविन हुनुपर्ने माग गरिरहेका छन् ।
यसको पहिचान र पुष्टिकरणका हिसाबले नेपालको उत्तरी छिमेकी चीनको वुहान प्रान्त भएकोले पश्चिमाहरुले यसको उत्पत्ति त्यहीँबाट भएको भन्ने आधारमा आंसिक सत्यता छ । तर पूरै सत्य नहुन पनि सक्छ । किनकि अन्यत्र पनि त्यसभन्दा पहिल्यै हुन सक्थ्यो र नफैलिएकोले महामारीको रुप धारण गर्न समय लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ । पछिल्ला दिनमा एसिया र अफ्रिकामा समेत त्रासदीपूर्ण महामारी बनेपछि पूरै संसार यसैमा रुमलिएको छ ।
पूरै संसार कामकाज ठप्प पारेर एकआपसमा डराएर बसिराको अवस्था छ । मानव संसाधन, सभ्यता र संस्कारलाई बदल्ने बाध्यकारी परिस्थितिको कारक बनिरहेको नोवेल कोरोना भाइरसले विज्ञ र अनुसन्धानकर्ता तथा आविष्कारकहरुलाई समेत छक्याइरहेको छ । महामारीको सामना गर्न आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका सम्पन्न र शक्तिशाली देशहरुको हालत बिगार्ने यस्तो रोग नेपालमा पनि महामारीको रुप धारण गर्ने हो भने धेरै ठूलो संख्यमा मानिसहरु मारिने छन् ।
११० जना संक्रमित हुँदा सरकारी अस्पतालमा न औषधोपचारको समुचित व्यवस्था हुन सकेको छ न त परीक्षण गर्ने सामग्रीहरु बाँकी छन् । डेढमहिना बन्दाबन्दी गरेर आवतजावत बन्द गर्दैमा सरकार सफल र सक्षम भएको मान्नुपर्ने भन्ने प्रधानमन्त्री र मन्त्रीहरुको आशय व्यक्त हुन थालेको छ । दिनदिनै काम गरेर छाक टार्ने दैनिकी कसरी बितेको होला भन्ने सम्झँदा र सरकारी रवाफ देख्दा निराशा वाहेक अरु केही भेटिने अवस्था छँदै छैन ।
किनकि आजभोलि चिकित्साकर्मी आत्तिइरहेको र सरकारलाई सामान उपलब्ध गराउन अनुरोध गरिरहेको सुनिन्छ । गुणस्तर नभएका सामान महँगोमा खरिद गरेर कमिशनका लागि देश र जनताप्रति गद्दारी गरेको कुराले सत्तासिन दलभित्रै तेरी–मेरी भएपछि त्यसलाई मिलाउने र कुर्सी बचाउन जोरजुलुम गरेको सरकार विशेष गरी प्रधानमनत्री केपी ओली आफै संकटमा देखिन्छन् ।
पर्याप्त परीक्षण नगरी संक्रमणको सही स्थिति थाहा पाउन नसकिने विज्ञहरुले सुझाव दिइरहँदा पनि आन्तरिक विवादले कुर्सीमा आफ्नै पार्टीबाट घात हुने सम्भावना बढेपछि सम्भावित चुनौतीको सामना गर्न अध्यादेश र अपहरणसम्म गर्न पछि परेनन् । नीति, नियम, पद्धति र विधिको मर्मविपरित काम गर्न खोज्दा कोरोना संक्रमण तेस्रो चरणमा पुगिसक्यो ।
संक्रमितको संख्या १०० भन्दा माथि जान नदिने गफ दिएका प्रधानमन्त्री ओलीलाई कोरोनाले मरेका मानिसहरुको तथ्याड्ढ लुकाएर, गुणस्तरहीन भनिएको आरडिटी परीक्षणका भरमा संक्रमण पुष्टि नभएको बनाएर एकजना मर्न नदिएको सक्षम नेतृत्वको पगरी लगाउने विचार छ । शंकास्प्रद विरामीहरुको जतिसक्यो छिटो परीक्षण गरेर संक्रमितलाई आइसोलेट गर्न सके मात्र महामारी नियन्त्रण गर्न सकिन्छ । तर सरकार स्वास्थ्य उपकरण र राहतमा एकैखालको नीति लिन खोजेजस्तो देखिन्छ । संकट सरकारका लागि एउटा ठूलो चुनौती त हुँदै हो एउटा ऐतिहासिक अवसर पनि बन्न सक्थ्यो । तर स्वास्थ्य सामग्रीको उपलब्धता र राहत दिने कुरा गर्दा सरकारले योभन्दा बढी केही गर्न नसक्ने जनताले करको भार थप व्यहोर्न तयार भएको अवस्थामा वा राहतकोषमा रकम सहयोग गर्न सकेमा मात्र जनतालाई चाहिए जति मात्रामा राहत दिन सकिने, उपचारात्मक खर्च बढाउन सक्ने भन्ने कुरा गर्दा सरकार केका लागि भन्ने प्रश्नको सामना गर्नै पर्छ ।
जनताको नजरमा निकम्मा र औचित्यहीन सावित हुँदै छ । एउटा प्रखर राष्ट्रवादी छवि लिएर सत्तामा सवार भएका प्रधानमन्त्री ओली अकल्पनीय रुपमा तल ओर्लिएर सत्तामा रहिरहन विदेशी गुहारेर राष्ट्रघात गरेका छन् । पार्टीहरु फुटाएर सत्ताको आयु लम्ब्याउन, अस्थिरता निम्त्याउन र आफू निकटका भ्रष्टहरुलाई बचाउन हरप्रकारले उद्धत छन् । उमेरले स्मरण शक्ति गुमेको, मानसिक अवस्था कमजोर रहेको, बोलेको थाहा नपाउने जस्तो अतीतले ओर्लेलान भन्ने सायद कसैले सोचेका थियनन् । वाध्यताले विदेशी भूमिमा श्रम गर्न गएका नेपाली दाजुभाइहरुले आफ्नो घर आउने व्यवस्था गरिदिन अनुरोध गर्दा, विदेशीहरु आफ्नो मुलुकमा निर्वाध फर्किरहेको देख्दा पनि र नेपाली विमानले विदेशी नागरिक छोडेर फर्किंदा हामीलाई फर्काउ भनेर अनुनय विनय गर्दै रोई–कराई गर्दा पनि संवेदना नजाग्ने निठुर तानाशाह हुन् भनेर कसैले सोचेनन् ।
आखिर कोरोना भिœयाउने कहाँबाट भित्रिँदा रहेछन् ? थाहा पाउन यो सरकारको कुनै संयन्त्र काम लाग्ने रहेनछ भने आफ्ना दाजुभाइ विरामी र विपद परेको समयमा देशमा ल्याएर सुरक्षित क्वारेन्टाइनमा राख्न असम्भव थिएन, तर राष्ट्रका सबै नागरिकको अन्तरध्वनीको उपेक्षा नै गरियो सरकारको उच्च नेतृत्व र सत्तासिनहरुबाट ।