calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

संम्वेदनशिल समयमा पत्रकार जिम्मेवार बन्नुपर्छ’

दाङ,१३ असोज । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सल्लाहकार विपुल पोख्रेलले अहिलेको संम्वेदनशिल समयमा पत्रकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बिजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सद्भाव सन्देश सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले अहिलेको जटिल र संम्वेदनशिल परिस्थीतिमा जिम्मेवार र संयमित भएर पत्रकारिता गर्न आवश्यक रहेको बताएका हुन ।

जेन–जी आन्दोलनलाई सामाजिक न्यायको लागि भएको आन्दोलन भन्दै कार्यक्रमका प्रमुख अतिथि रहेको पोख्रेलले आन्दोलनलाई राजनीतिक रङ दिएर सामाजिक न्यायका मुद्दाहरू अलपत्र पर्छन् कि भन्ने कुरामा पत्रकारिता क्षेत्र सचेत हुनुपर्ने बताए । आन्दोलनका नाममा राजनीतिक लाभ उठाउने गरि लाग्न सक्ने भन्दै अध्यक्ष पोख्रेलले भने,‘भ्रष्टाचारको विरोध, सुशासन, अवसर तथा वितरणमा समानता, स्रोतसाधनमाथि सीमित वर्ग र समूहको पहुँचको अन्त्य जस्ता सामाजिक न्यायका सवालहरू नै जेन–जी आन्दोलनको अभिष्ट हो । अब यी सवालहरूलाई सम्बोधन गर्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्छ ।’

साथै उनले सरकारले तोकेकै समयमा फागन २१ गते निर्वाचन हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्दै सञ्चार क्षेत्रले त्यसका लागि वातावरण बनाउनतर्फ लाग्नुपर्ने बताए । पोख्रेलले भने, ‘पत्रकारहरूको अहिलेका प्रमुख उद्देश्य भनेको फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने नै हो । त्यो भएन भने लोकतन्त्रसँगै नागरिक स्वतन्त्रता हराउने छ ।’ वर्तमान संविधानको रक्षाका लागि नेपाली पत्रकारिता क्षेत्रले गंभिरताका साथ भूमिका खेल्नुपर्ने भन्दै त्यसका लागि समयमै निर्वाचन हुनुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना गौतमले अहिलेको विषयम परिस्थितिमा नागरिकलाई सही जानकारीसँगै लोकतन्त्र बचाउनका लागि जिम्मेवार र जानकार हुनुपर्ने बताइन । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा सुदीप गौतमले संम्वेदनशिल परिस्थीतिमा जिम्मेवारपूर्वक पत्रकारिताको आवश्यकता रहेको बताए । सञ्चार माध्यमको समाचार वा सूचनाका आधारमा कुनै व्यक्ति, समाज र देशलाई असर पुग्न नहुने भन्दै प्रदेश अध्यक्ष गौतमले नागरिकलाई सहि सन्देश दिने जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले परिवर्तनलाई सस्थागत गर्दै अघि बढनुपर्ने बताए । परिवर्तनका नाममा सञ्चारकर्मी तथा सञ्चार सस्थालाई क्षति पु¥याउन नहुने भन्दै महासंघका सचिव प्रियासनले अराजक गतिविधिले आफैलाई क्षति गर्ने बताएका हुन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले देशको विषम परिस्थीतिका कारण ढुक्क भएर आफ्नो स्वतन्त्र बिचार राख्नेदेखि पत्रकारिता गर्ने वातावरण नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए । साथै विजयादशमी, शुभदिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष दुर्गालाल केसी, नेपाल प्रेस युनियनका नेता हेमराज शर्मा, माया पोख्रेल, प्रेस चौतारी दाङका ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका गिरिराज नेपाली, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष किरणबिक्रम शाहको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए । ं