नयाँ सामाजिक सञ्जाल ‘साथी’ सुरु

घोराही,१२ असोज । विदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि अब आफ्नै डिजिटल घरबेटी बनेको छ। पोलेन्डबाट दाङका मित्रलाल पार्देले नयाँ सामाजिक सञ्जाल ‘साथी’ सुरु गरेका छन्।
‘साथी’ (https://sathi.meroreservation.com/ )ले प्रयोगकर्तालाई फोटो, भिडियो र आफ्ना भावनाहरू साझा गर्ने सुविधा दिएको छ। यस प्लेटफर्मले फेसबुक जस्तो सजिलो अनुभव प्रदान गर्दछ तर हल्का र छरितो इन्टरफेस भएकाले दैनिक जीवनका क्षणहरू सजिलै साझा गर्न सकिन्छ।
विशेष कुरा के भने, साथीमा पोस्ट गरिएका सामग्रीहरू गेस्ट मेम्बरले पनि हेर्न सक्ने sathi.png सुविधा छ। त्यसैले तपाईंको साथी, परिवार वा अन्य समुदायका सदस्यहरू खाता नखोले पनि तपाईंको सामग्री हेर्न र अनुभव लिन सक्छन्।
साथै, साथी मोबाइलमै पूर्ण रूपमा चल्ने र प्रयोग गर्न सजिलो बनाइएको छ। एप्स नहुँदा पनि कुनै समस्या छैन—ब्राउजरबाट सजिलै पहुँच गर्न सकिन्छ। अझ विशेष कुरा, साथीलाई मोबाइलको होम स्क्रीनमा राखेर तुरुन्तै खोल्न सकिन्छ, जस्तै आफ्नै एप प्रयोग गर्दै हुनुहुन्छ।
मित्रलाल पार्देले भने, “विदेशमा रहँदा हाम्रो संस्कार, भाषा र समुदायसँगको सम्बन्ध कहिलेकाहीँ कम्जोर हुन्छ। साथीले हामी सबैलाई एउटै डिजिटल ठाँउमा जोड्नेछ, जहाँ हाम्रा विचार, अनुभव र खुशी–दुःख साझा गर्न सकिन्छ। फोटो, भिडियो, भावनाहरू राख्ने सुविधा छ, गेस्ट मेम्बरले पनि सामग्री हेर्न सक्छन्, र मोबाइलमै सजिलै पहुँच गर्न सकिन्छ। फेसबुक जस्तो अनुभव तर हल्का र छरितो तरिकाले उपलब्ध छ।”
पोलेन्डमा बसेका नेपाली विद्यार्थी, कामदार र व्यवसायीहरूले अब आफ्नो दिनचर्या, समाचार र सांस्कृतिक कार्यक्रमहरूको जानकारी सजिलै साझा गर्न सक्नेछन्। यस प्लेटफर्मले समुदायको विकास, सहयोग र सामाजिक अन्तरक्रियामा जोड दिएको छ।