calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

लमहीमा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते

दाङ, ११ असोज । लमहीमा शनिबार साँझ भएको सडक दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

लमही नगरपालिका–५ का २४ वर्षीय शिशिर खड्का र १९ वर्षीय राजन चौधरी घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिनुभयो ।

साँझ करिब ७ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ ख १८५३ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ आइरहेको लु ७९ प ५५२५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेपालगन्ज रिफर गरिएको छ । खड्काको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ भने चौधरीको दुबै हात र एक खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।