सीमा अतिक्रमणको बिरोध गर्ने पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ

 

काठमाडौं,२७ बैशाख । लिपुलेकमा भारतले सडक मार्ग खोलेको विरोध गर्ने क्रममा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।

उनीहरुले शनिबार दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शंकपार्कमा लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्दै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको हिरासतबाटै पूर्व जर्नेल बस्न्यातले जानकारी दिए । ‘हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,’ उनले भने ।