एउटी संचारकर्मीको डायरी : यो संकट कहिले टर्ला ?
दृष्टिवाणी धिताल
चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोना भाइरसले विश्व आक्रान्त बनाएको छ । लगभग संसारकै सबै सबचिज छोडेर घरभित्र छन् । यस्तो बेलामा परिवार र आफ्नो सुरक्षाको निम्ति सजग रहनुको विकल्प कहाँ छ र ? कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्लूएचओले माघ १६ गते(जनवरी ३०) मा विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा ग¥यो । त्यतिञ्जेल यो संक्रमण यसरी फैलिएला भन्ने सोचिएको थिइएन । स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखिसकेको थियो ।
जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका पनि थिए ।
विस्तारै संक्रमण विश्वमै महामारीको रुपमा फैलियो र यो हाम्रो देश नेपालसम्म आइपग्यो । फ्रान्स घुमेर नेपाल फर्किएकी एक नेपालीमा संक्रमणको पुष्टि भएको दिन चैत्र १० गते मैले साथीसंग ‘भारतमा संक्रमणको क्रम बढेसंगै हामी पनि सावधानी अपनाऔं’ यस्तै कुरा गर्दै थिए । अचानक एक जना साथीले नेपालमा कोरोना देखियो रे होर ? भन्दै फोन गरिन, मैले अफिसमा फोन गरें, हो रहेछ । यतिका दिन समाचार भनिरहँदाको जस्तो अवस्थामा अब म पनि थिइन । म एकोहोरो भएँ, एकाएक अब यसलाई कसरी सामना गर्ने होला भन्ने चिन्ता भयो । अफिस पुगे उनै फ्रान्सबाट नेपाल फर्किएकी संक्रमित विद्यार्थीको नै कुरा भैरहेको थियो । चिन्ता र चासो बढदै गयो, संक्रमितको संख्या बढेसंगै । चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषण गर्यो । अब घरबाट छुट्टी बसे हुन्छ भन्न्ो दबाव आउन थाल्यो तर अफिसबाट आलोपालोमा ड्युटि गर्नुपर्ने भन्ने निर्देशन । अनी अफिसको रणनीति अनुरुप ड्युटी तय भयो ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि भाइरस फैलिन नदिन र यस्लाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले लकडाउन घोषणा ग¥यो । यस्ले केही हदसम्म भएपनि नियन्त्रण भएको मान्न सकिन्छ । चिन, अमेरिका, इटाली, फ्रान्स, जर्मनीलगायतका बिकसित राष्ट्रहरुमा समेत कोरोको कारण हजारौको संख्यामा मानिसको मृत्युभइरहेको अवस्थामा नेपालमा संक्रमणको संख्या अत्यान्तै कम देखिनु र संक्रमित पनि निको भई घर फर्किनुले आम नेपालिहरु केही हदसम्म खुसी भएको अनुभुत गर्न सकिन्छ । तर यसबाट पूर्ण रुपमा बचिन्छ भनेर विस्वस्त भइहाल्ने अवस्था भने छैन । सरकारले बिभिन्न नीति नियम त अवलम्बन गरेको छ, तर यो प्रभावकारी हुन सकिरहेको छैन ।
देश लकडाउन भएको समयमा के गर्न हुँन्छ र के गर्न हँुदैन भन्ने कुराको उचित जानकारी नभएकै कारण पछिल्लो समय बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीका साथै आमनागरिक समस्यामा पर्दै आएका छन् । त्यसबाट हामी संचारकर्मी पनि प्रभावित छौ नै । सञ्चारकर्म आफैमा जोखिममा कर्म गर्ने पेशा भएकाले म पनि अफिसमा आवश्यक सावधानी अपनाउदै समाचार बाचन तथा अन्तरवार्ताका कार्यक्रमहरु गर्दैछुँ । अफिसमा हँुदासम्म चिन्ता नभएपनि घर जादैगर्दा मन यति भारी हुन्थ्यो कि लाग्छ कि म अन्तैकतै जाउँ एकान्त बासमा, घर नजाउँ । तर, यो संभव छैन पनि । यो संकटको घडी कहिले टर्ला र सामान्य जीवनशैलीमा फर्कनु ? यहि प्रश्नको उतरको खोजीमा छ विश्व, तर जवाफ कसैसंग छैन । यिनै अनुत्तरित पंक्तिमा म पनि मडारिएको छु । चिन्ता र चिन्तन भन्दा पर सामान्य कुरा पनि कति आवश्यक हुन्छ भन्न्ो कुरा कोरोनाको कहर र लकडाउनले बन्द गाँउशहरले रामै्रसंग बुझइदिएको छ ।
यस्तो समस्या तपाइहरुलाई पनि परेको हुनसक्छ । छोराले नाना लगाउँदा मलाई बाँधेको जस्तो हुन्छ र मामु भन्छ मलाई । थाहा छ, उसलाई अहिल्लो समरमा किनिदिएका लुगाहरु साघँुरा भएका छन् तर परिस्थिति त भुकमरीको आइसकेको छ, गाँसको व्यवस्थासम्म नभएर कतिपयले भोकै बस्न परेको छ । म यी कुरा छोरालाई भन्न सक्छु तर सम्झउन सक्दिन, बुझाउन सक्दिन । किनकी मेरा जवाफमा उ कयौं प्रतिप्रश्न गर्छ, ‘किन आयो कोरोना ? कोरोना पनि गाडीमै आउछ हो ? बजारको अंकललाई लुगा मात्र दिनुस कोरोना चै नदिनुस भनस्योस् न ।’ यस्तै यस्तै अनि मेरो एउटै जवाफ हुन्छ लक डाउन सकिएसी सबै कुरा किनौला हस् ? उ हस् भन्दै जान्छ तर मलाई हरेक दिन अर्कै प्रश्नले सताएको छ, यो कोरोनाको माहामारीको अन्त्य कहिले होला ? कस्तो अन्त्य होला ? हरेक प्रहर यसरी नै वित्दैछ र कहिलेसम्म यसरी चल्ने हो केही थाहा छैन ।
घरमा सानो छोरो म आउने बाटो कुरेर बसेको हुन्छ । उसले पनि कोरोनाबारे सुनेको छ, भलै बुझेको नहोस् । तर त्यो अबोध बालक मामुसंग नआउ है भन्दा झन नजिक आउँछ, उसलाई मामुको काख प्रिय छ । भन्छ,— ‘मामुबाबाले त कोरोनालाई ढिसुम गरिहाल्सिन्छ नी ।’ उसले यस्तो भन्दै गर्दा म निशब्द भएको छु बारम्बार । बाबुको चन्चलता, मेरो सामिप्यता अनि कोरोनाको संन्त्रास ! मन कटक्क खान्छ । दिनभरी अफिसमा अप्रत्यक्ष सम्पर्कमा रहिन्छ नै, सावधानी खुब अपानाएको जस्तो गरेर, तर घर गएपछि एकपछि अर्काे कुरामा लापार्वाही गरेको जस्तो लाग्छ, यो छोरो प्रतिको मेरो अति संवेदनशिलताको एउटा पक्ष मात्र पनि हुन सक्छ । साह्रै कायर हुने रहेछ आमाको मन, कहिले कहिले त सन्तानको सवालमा । अनि उही सन्तानकै लागि वीर योद्धाका कथा कसरी बुन्छौ होला वीर बनाउनैका लागि ? बाल मनोविज्ञानमा निकै असर पर्ने देखिन्छ कारोनाको । उनिहरुमा सकरात्मक सोच र संस्कारको संचार गराउन चै चुक्न नपरोस् ।
कोरोनाको कहरमा गाँउदेखि शहरमा नागरिक त्रसित छन् । यस सङ्क्रमणको घडीमा कोही भोकमा, कोही सोकमा, कोही अत्याबश्यक बस्तुकोे रोकको मारमा छौ । जो जहाँ भएनी आफ्नै लागि अपनाएको सम्यमताको पक्ष मानेर सबै सहनुको विकल्प छैन । अफिसमा सुरक्षाका सामाग्री छन्, सुरक्षाको व्यवस्था जे जस्तो भए पनि चाजोपाजोको मिलेकै छ । रिपोर्टिङमा रहेका साथीलगायतका अरु कर्मचारीहरु पनि जोखिम मोलेरै काम गरिरहेका छन् । अफिस भित्र बसेर काम गर्ने हामी पनि उनीहरुप्रति सशंकित हुनु स्वभाविक नै हो । तर कस्तो त्रास ? साथी भाइबाट पर रहनु पर्ने ? हेलचक्राईं गर्दा क्यै हैन जस्तो, गहिरिएर सोंच्दा निकै भयंकर… उफ !
देशमा संक्रमणको दर बढ्दै गर्दा सरकारको अभिव्यक्ति पनि त्यस्तै आइदियो, जसले सर्वसाधरणमा निराशा छाएको छ । झन् यस्तो बेलामा भ्रष्टाचार, बलत्कारका घटना बढ्नुले धेरै दुःख लाग्छ । सिमामा नेपाली भोकै, परदेशमा आफन्तको लास छ, जिम्मा लिनेसम्म अवस्था छैन । यो भन्दा हृदयविदारक के हुन सक्छ ? साना साना बालवालीका र सुस्केरा हाल्न नसक्ने वृद्धवृद्धा मजदुरको नाजुक अवस्था बारे समाचार संपे्रसण गर्दा निकै गाह्रो हुन्छ । आँधी जसरी आएको यो प्रलय नै कतै कलियुगको अन्तिम शृखला त हैन ? विकसित विश्वनै कोरोना संक्रमणले धरासायी बनेको छ । संक्रमण पश्चात् अर्थव्यवस्थाको मात्र पनि रोकथाम र नियन्त्रण गर्न पनि हम्मेहम्मे परिरहेको परिदृश्य हामी सहजै देखिरहेका छौं । विश्वका दश ठूला औषधि र चिकित्सकीय औजार उत्पादक कम्पनीमध्ये आधाभन्दा धेरै अमेरिकी वा अमेरिकी लगानीका नै छन् । तैपनि ती कम्पनीले गरेका उत्पादनले अमेरिकामै आपूर्ति सहज हुन सकिरहेको छैन । हामीले के पाउँला ?
पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल सङ्क्रमण भइ उपचार गराइरहेका बिरामीको संख्या डर लाग्दो छ । निको भएकाहरुलाई सम्झदा संक्रमण भएपनि बाँचिन्छ भन्ने लाग्छ । जे होस् अब संक्रमण नफैलियोस् यहि प्रथाना गरौ । संयमता अपनाऔ हेलचक्राइ नगरौ, नत्र हाम्रो अवस्था के हुन सक्छ हामी नै अनुमान गर्न सक्छौ । संक्रमणबाट ज्यान गुमाउनेहरुलाई हार्दिक श्रद्धाञ्जली, संक्रमितको स्वास्थलाभको कामना उच्च जोखिममा हुने डाक्टर, नर्सलगायत सबैको सुरक्षार्थ सरकार जिम्म्ोवार बनोस् । कोरोना संक्रमणबाट हामी सबै बचौँ । असल, कर्तव्यनिष्ट भएर जीवनयात्रा समाप्त होस, अकालमा मर्न नपरोस् ।
धिताल प्राइम टाइम्स टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन्