दाङ, ३ असोज । सामाजिक सञ्जालमा लागेको प्रतिवन्ध पश्चात सुस्ताएको नेपाली संगित क्षेत्र पुनः चलायमान बन्न थालेको छ । अघिल्लो सरकारले युट्युव, फेसबुक लगाएत सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएपछि संगितकर्मीहरू गीत सार्वजनिक गर्न अल्मलाएका थिए ।
यसैगरि लगत्तै चलेको जेन जी आन्दोलनका कारण पनि संगित क्षेत्र पनि थप अन्यौल बनेको थियो । तर अहिले स्थिती सामान्य बन्दै गएपछि संगितकर्मी संगितकर्मको लयमा फर्किएका छन् । कलाकारहरूले गीत रेकर्डिङ संगै गीत सार्वजनिक गर्न सकृय देखिइरहेका छन् ।
यसैक्रममा शुक्रबार युट्युव मार्फत दाङका विक्रम पोख्रेलको नयाँ गीत सार्वजनिक भएको छ । पोख्रेलद्धारा लिखित ‘तिम्रै मायाँ लाग्छ’बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । शिक्षाण पेशासंगै कला साहित्य प्रतिको अगाध रुची रहेका पोख्रेलको मायाँ प्रेममा आधारित गीत सार्वजनिक भएको हो । उनिद्धारा लिखित यो पहिलो गीत हो ।
गीतमा अहिलेकी चर्चित गायिका अस्तिमा अधिकारीले आवाज दिएकी छिन् भने उनलाई मनोज रावतले आवाजमा साथ दिएका छन् । कमल अधिकारीले संगित गरेको यो गीतमा सुरज तिखतारी कमला विके अभिनयमा देखिएका छन् । ‘शिक्षण पेशामा आवद्ध मेरो रुची कला, साहित्य प्रति पनि उत्तिकै रुची हो’, गीतकार पोख्रेल भन्छन्, ‘यसपटक गीतबाट साहित्य लेखनको रुचीलाई प्रस्तुत गर्ने साइत जुराएको छु, मलाई बिश्वास छ आम स्रोता दर्शकहरूको मनमा यो गीत बस्ने छ ।’
गीत मार्फत उनले कसै प्रति गरिने अगाध प्रेमलाई उजागर गर्न खोजेका छन् । ‘कसैले कसैलाई र्ने अगाध प्रेमको भावलाई मैले गीतमा उतार्न खोजेको छु’, विक्रम भन्छन् ‘समग्रमा यो अटुट अनि प्रगाढ प्रेमको कथा हो ।’
उसो त दाङ स्थायी घर भएका पोख्रेलको पारिवारीक पृष्ठभूमि नै कला, साहित्यसंग जोडिएको छ । उनका बुवा विनोद पोख्रेल राजनीतिक बिश्लेषकसंगै अग्रज साहित्यकार हुन् । विनोदका २ वटा गीतसहित साहित्यिक कृतिहरू पनि सार्वजनिक भैसकेका छन् । यसैगरि विक्रमका माइला भाई विपुल पोख्रेल पनि गीतकार हुन् । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेल लामो समयदेखि साहित्य लेखनमा सकृय छन् ।
उनले लेखेका गीतहरू पछिल्लो पटक पनि सार्वजनिक भएका छन् भने केहि गीत सार्वजनिक हुने तयारीमा छन् । यसैगरि विक्रमका कान्छा भाइ बिशाल नेपाली फिल्मका नायक हुन् । थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेका विशालको पछिल्लो चलचित्र झिल्को केहि महिना अघि मात्रै रिलिज भएको थियो ।