गोरक्ष समाचारदाता
दाङ, १८ भदौ । पशु चौपायामा संक्रमणका रुपमा फैलिरहेको ‘लम्पी स्किन’ रोग रोकथामका लागि दाङमा खोप लगाउन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४, ११, १५ र १७ नम्वर वडाका विभिन्न ठाउँमा पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएपछि जिल्लाभर पशुमा खोप लगाउन सुरु गरिएको हो ।
पशु चौपायामा लम्पी स्किन रोग महाभारीका रुपमा फैलिन नदिन जिल्लामा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका पशु प्राविधिक धुव्रकुमार बस्नेतले जानकारी दिएका छन् । पशु प्राविधिक बस्नेतका अनुसार जिल्लामा लम्पी स्किन रोगको संक्रमण रोकथामका लागि २० हजार डोज खोप मगाएर पशुचौपायालाई लगाउनका लागि दशवटै स्थानीय तहमा १८ हजार डोज खोप वितरण गरिएको बताए । बाँकी आश्यकताका आधारमा वितरण गरिने बताए ।
लम्पी स्किन रोगका फोकल पर्सन समेत रहेका पशु प्राविधिक बस्नेतले प्रदेश पशु अन्वेशन केन्द्र नवलपरासीबाट खोप मगाएर घोराही र तुलसीपुर उपमहानगरपालिकामा तीन÷तीन हजार, राप्ती गाउँपालिकामा दुई हजार पाँच सय, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा दुई÷दुई हजार डोज खोप वितरण गरिएको छ । त्यसैगरी दंगीशरण र बबई गाउँपालिकामा एक हजार पाँच सय र शान्तिनगर र बंगलाचुली गाउँपालिकामा एक हजारका दरले पशु चौपायमा खोप लगाउनका लागि पशु शाखालाई खोप प्रदान गरिएको छ । खोप लगेका अधिकार स्थानीय तहले पशुमा लगाउन सुरु गरेको भएपनि शान्तिनगर गाउँपालिकामा भने अझै सुरु नगरिएको लम्पी स्किन रोग फोकल पर्सन बस्नेतले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका अनुसार जिल्लामा यो बर्ष भदौको पहिलो साता पहिलो पटक घोराही उपमहानगरपालिका वडा नं. ४ को डाडाँगाउँ र वडा नं. १७ को बर्गदीमा लम्की स्किन रोगको संक्रमण देखिएको थियो । सुरुमा १३ वटा गाईगोरु र चार वटा भैसीमा रोगको संक्रमण देखिएको भन्दै पशु प्राविधिक बस्नेतले भने,‘प्रदेशका अन्य जिल्लाहरुमा लम्की स्किनको संक्रमण देखिएपछि जिल्लाका दशवटै स्थानीय तहका पशु शाखालाई सम्पर्क गरेर लम्की स्किन रोगका बारेमा बुझेका थियौ । त्यहाँबाट केही जानकारी नआएपछि संक्रमण छैन भन्ने थियो तर किसान आफै कार्यालयमा पशु विरामी परेको भनेर खवर गर्न आएपछि नमूना संकलन गरेर परिक्षण गर्दा १७ वटा पुशमा लम्की स्किन रोगको संक्रमण पुष्टि भएको हो ।’
उनका अनुसार रोग पुष्टिका लागि पशु अन्वेशन केन्द्र नवलपरासी पठाइएको र त्यहाँबाट लम्की स्किन रोग पुष्टि भएको थियो । जिल्लामा संक्रमित गाईगोरु र भैसीको निशुल्क रुपमा उपचार भइरहेको र अहिलेसम्म कुनै नमरेको बताए । लम्पी स्किन रोगबाट सङ्व्रmमित पशुलाई ज्वरो आउने, मुखबाट अत्यधिक ¥याल झर्ने, आँखा नदेख्ने, नाकबाट पानी बग्ने, शरीरभरि दुईदेखि पाँच सेन्टिमिटर व्यासको गाँठो आउने, गाँठो चिलाउँदा पशुमा छट्पटी बढने, त्यसमा पिप भरिएर फुट्ने, गर्भिणी गाईको गर्भपात हुने, दुध सुक्ने जस्ता लक्षण देखा पर्ने गरेको किसान बताउँछन् ।