वीपी र नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक समाजवाद

भुवन पोख्रेल

देशको गौरवशाली इतिहास बोकेको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस अहिले आफ्नो अस्तित्वको सबैभन्दा संवेदनशील मोडमा उभिएको छ । सात दशकभन्दा लामो इतिहासमा नेपाली कांग्रेस प्रत्येक राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा उभिएर नेतृत्व गरिरहेको छ । इतिहास साक्षी छ, निरकुंश राणा शासनको विरुद्धमा लडेर २००७ सालको प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसको योगदान ठुलो छ । पञ्चायती व्यवस्थको विरोधमा पनि नेपाली कांग्रेस नै अग्रमोर्चामा अडिएको थियो ।

२०६२÷०६३ को दोस्रो जनआन्दोलन पनि नेपाली कांग्रेसको नेतृत्व उदाहरणीय बन्न पुगेको थियो । २०४६ प्रथम जनआन्दोलनमा पनि नेपाली कांग्रेस कै रणनीतिले सफलता हात लागेको थियो । नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा उभिएको दल नेपाली कांग्रेसमा युवाहरुको आकर्षण कम देखिनुलाई विडम्बना ठान्नु पर्छ तर विडम्बना के छ भने यही दल अहिले आफ्नै आन्तरिक किचलो, गुटबन्दी, सैद्धान्तिक विचलन र नेतृत्व संकटका कारण आम जनताको आस्था र विवासबाट टाढिँदै छ । जनताका नजरमा नेपाली कांग्रेस विचार र सिद्धान्तमाभन्दा पनि पद र सत्ता समीकरण बढी केन्द्रित भएको छ । सत्ता साझेदारको जालमा फस्ने प्रवृतिका कारण कांग्रेसप्रतिको जनविश्वास गिर्दो छ ।

नेपाली कांग्रेस नेतृत्व छनोटमा पारदर्शीता कायम गर्दै चरम गुटबन्दीको अन्त्य गरी योग्यता र कार्यक्षमतामा आधारित निर्णय प्रणाली लागु गर्नु पर्ने देखिन्छ । पार्टीभित्रको शक्ति सन्तुलन कानुनी र नीतिगत रुपमा सुनिश्चित गर्नुपर्दछ । भ्रष्टाचारका विरुद्ध कडा कारबाही र नैतिक मापदण्डमा कठोरता अपनाउँदा मात्रै पार्टीको विश्वसनीयता कायम रहन्छ । सैद्धान्ति स्पष्टता, आन्तरिक लोकतन्त्र चरम गुटबन्दीको अन्त्य र पारदर्शीता स्थापित गर्न सकियो भने मात्र कांग्रेसले जनविश्वास पुनः प्राप्त गर्न सक्छ । लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको नेपाली कांग्रेस सामाजिक न्याय, बाकस्वन्त्रता, समावेशीताको पक्षमा स्पष्ट ढंगले उचिन सक्नुपर्छ ।

नेपाली कांग्रेस नेपालको एउटा समाजवादी लोकतान्त्रिक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । राणा शासनदेखि राजतन्त्र अन्त्य सम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीति र सामाजिक परिवर्तनको संवाहक हो । ७० वर्ष लामो संघर्ष भए गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसलाई अलग्याइदिने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्याय नै अपुरो हुन्छ । हिजोको कांग्रेसको गरिमा बेग्लै थियो ।

पार्टी सदस्यता पाउँदा पनि मानिसहरु गौरवको अनुभूति गर्दथे । नेपाली कांग्रेसले दुरदराजसम्म आफूलाई जनतासँग बलियो ढंगले जोडेको थियो । प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाएका वीपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्वीर राखेर योजना बनाउन निर्देशन दिने उदारवादी र आदर्श राजनीतिज्ञ हुन् । जहोनियाँ राणाशासनका विरुद्धको क्रान्तिका एक नायक वीपी नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वातिथ प्रधानमन्त्री हुन् ।

राजनीतिलाई मूल्य र आदर्शको परिधिका राख्ने वीपीको जीवन पञ्चायत विरुद्ध लड्दा कठोर काराबासा र संघर्ष मै बित्यो । वीपीको जीवन नै संघर्षमय छ । क्यान्सर जस्तो प्राण घातक रोगसँग लड्दा लड्दै पनि नेपालको साहित्य आकाश र राजनीतिक धरातलमा सुनौला अक्षरले कोरिएको इतिहासमा तारा झै चम्किला बनेका छन् । वीपीले धेरै दुःख भोग्नु प¥यो, अभावै अभावको जीवन जिउनु प¥यो, ज्यानको बाजी भयो र राणाकालमै आमरण अनशन बस्नु प¥यो ।

पञ्चायती व्यवस्थामा वीपीले मृत्युलाई हत्केलामा राखेर राजनीतिक यात्रा तय गर्नुप¥यो । ज्यानको प्रवाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी, गणेशमान सिंह सहितका नेता २०३३ साल पुष १६ गते नेपाल फर्कनासाथ त्रिभुवन विमानस्थलबाट पक्राउ परे । उनीहरुलाई पुनः सुन्दरी जलमा बन्दी बनाइयो । त्यो बेला वीपी विरुद्ध फाँसीको सजाय सहितका आधा दर्शनभन्दा बढी मुद्दा थिए । बन्दी जीवन मै स्वास्थ्यमा गम्भीर समस्या आएपछि घाँटीको शल्यक्रिया गर्ने प्रयोजनका लागि वीपीलाई रिहाइ गरियो ।

प्रजातन्त्रको पुनः प्राप्ती र नेपालको हितमा सदैव सक्रिय वीपीले पदका लागि कहिल्यै राजनीति गरेनन् । जनताको सर्वोपरि शासन व्यवस्थाका लागि जीवनभर संघर्ष गरे । वीपी कोइराला अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका पहिलो नेपाली समाजवादी नेता हुन् । नेपाली कांग्रेस नीति स्थापनाकालेदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो ।

अहिलेको अवस्थामा कांग्रेस आइपुग्दासम्म नेपाली जनताले कांग्रेसबाट विकासको अपेक्षा गर्दै आइरहेका छन् । विगतदेखि अहिलेसम्मका विकासका थालनी कांग्रेसबाट नभएको होइन तर भ्रष्टाचारको अन्त्य नेपाली कांग्रेसका नेताहरुले गर्न सकेनन् । किसानले खेतमा हलो जोत्दै गरेको तस्वीर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्दघोष नै वीपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ ।

यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरी खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपालनै समाजवादी नेपाल हो । वीपीको विचारलाई अंगाल्न सकेमा नेपाली कांग्रेसको वैचारिक खडेरीमा मलजल प्राप्त हुने थियो । पार्टीका स्थापनाकालदेखि अहिलेसम्म नेपाली कांग्रेसमा विचारमा द्वन्द्व देखिन्छ । वीपीका विचारलाई कांग्रेसले मानोस् वा नमानोसत्तर पार्टी दर्शनको जगमा वीपीको खम्बा गाडिनुको विकल्प छैन ।

२००७ सालको परिवर्तनका पात्रमध्ये, राणा, राजा र कांग्रेसमध्ये निश्चित रुपमा कांग्रेस अग्रगामी शक्ति थियो । त्यसैले वीपीको नेतृत्वमा २०१५ सालको संसदीय निर्वाचनमा उसले अत्यधिक बहुमत हासिल ग¥यो । २०४६ सालको परिवर्तन पछि कांग्रेसको मूल प्रवृति यथास्थितिवादी रह्यो त्यसर्थ संसदीय निर्वाचनमा कांग्रेसले सामान्य बहुमत प्राप्त ग¥यो । मुलुकले खोजीको प्रगतिशील परिवर्तन र समावेशी लोकतन्त्रको आलोकमा कांग्रेसले नेतृत्व गर्न सकेन । आफ्नै नेतृत्वमा भएको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोग्नु प¥यो ।

नीति सिद्धान्त र व्यवहारमा एकरुपता हुन नसक्दा कांग्रेस अलमलको वर्तमान अवस्थामा पुगेको हो । नेपालमा मात्रै नभई विश्वभर उच्च छवि बनाएका समाजवादी विचारक राजनीतिज्ञ वीपी कोइराला प्रजातन्त्रका लागि जीवनभर लडिरहे । राष्ट्र राष्ट्रियताको सवालमा वीपीको अडान अविचलित थियो । त्यस्तै चट्टानी अडान नेपाली कांग्रेसमा हुने हो भने कांग्रेस जनताको पार्टी बनिसक्दथ्यो । कांग्रेस नेता र कार्यकर्ताको पार्टी नभई आमजनताको पार्टी हुन जरुरी भइसकेको छ ।

नेपाल र नेपालीका लागि वीपीले थुप्रै विचार, नीति र सिद्धान्तहरु छोडेर गएका छन् । अहिले पनि उत्तिकै सान्दर्भिक छन् । विडम्बना नेपाली कांग्रेसले विपीका नीति र सिद्धान्तहरुलाई समेटेर अघि बढ्न नसक्दा कांग्रेसको जुन लोकप्रियता थियो त्यो क्रमशः घट्दै गएको छ । वीपीका भाइ भतिजा, छोरा नेपाली कांग्रेसको नेतृत्वमा हुँदा पनि सत्ता सञ्चालनमा वीपी विचार र नीति लागुगर्न सकेनन् । यसले वीपीका अनुयायीलँई त चोट परेको छ नै स्वयम् वीपीको आत्माले पनि खुी र सन्तोष पाउन सकेको छैन ।

वीपी जयन्तीमा एक दुई दिन वीपीलाई सम्झिएर, चर्का भाषण गरेर, उनकै आदर्श बाटोमा हिड्ने प्रण गरेर २÷४ दिन मै भुल्ने नेपाली कांग्रेस नेतृत्वको प्रवृति नै नेपाली कांग्रेसको मूल समस्या हो । अब पनि कांग्रेसले बोली मात्र होइन व्यवहारमा पनि वीपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरि पनि छनोटमा नपर्नेमा कुनै दुई मत छैन । जनताको रोजाइमा पर्नका लागि कांग्रेसले जुन केन्द्रित कार्यमा हात हाल्दै जानुको विकल्प छैन । लामो समयको त्याग, संघर्ष र निर्वाचित जीवनबाट दक्षिण एसियामा उचो राजनीतिक कद स्थापित गरेका कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री १८ महिना सत्ता सम्हालेका थिए ।

उनकै नेतृत्वमा नेपाली कांग्रेसले सरकारको क्रान्तिकारी भूमिसुधार, किसानहरुको अधिकारको संरक्षण , जमिनका हदबन्दी, जमिनदारी प्रथा एवम् विर्ता उन्मुलन आदि कार्य गरियो । वीपी कै नेतृत्वमा नेपाली कांग्रेसको सरकारले असंलग्न परराष्ट्र नीति अंगाल्नुका साथै, निःशुल्क प्राथमिक शिक्षा, प्रगतिशील मजदुर नीति, समाजवादी अर्थव्यवस्था अपनाउने कार्य ग¥यो । वीपी नेतृत्वको उक्त सरकारले किसानलाई आर्थिक सहयोग र सहुलियत दरमा ऋण, सहकारी, कृषि, घरेलु उद्योगलाई प्रोत्साहन गर्नुका साथै औद्योगिकीकरणका लागि आफू अनुकुल वातावरण सिर्जना गर्दै तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पाइन्छ तर त्यो लोकप्रिय सरकार धेरै दिन टिक्न सकेन ।

तत्कालीन राजा महेन्द्रले २०१७ पुष १ गते प्रजातन्त्रको गला निमोठेर सैन्य बलको आडमा प्रधानमन्त्री कोइरालालाई अपदस्य गरी उनको नेतृत्वको सरकार भंग गरियो र पार्टीहरुमाथि प्रतिबन्ध लगाइयो । वीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका शीर्षस्थ नेताहरुलाई सुन्दरी जलजेल चलान गरियो । वीपीको २०१५ सालको आम चुनावमा जाँदा घोषणापत्रमा लगभग तीनै शब्द र वाक्य दोहो¥याइएका थिए । घोषणा पत्रभर भनिएको थियो । नेपाली कांग्रेस समाजवादी संस्था हो । यसको अन्तिम लक्ष्य, एउटा आदर्श व्यवस्था स्थापना गर्नु हो, जहाँ मनुष्यले मनुष्यको शोषण गर्ने छैन ।

धन दौलतका अभावमा उत्पन्न भएको साना ठुलाको भेद नेपाली कांग्रेस समाप्त गर्न चाहन्छ । सबै अन्याय र असमानतालाई समाप्त पारी पारस्परिक मेल, सद्भावना र सहकारिताका आदर्शबाट प्रेरित भई एउटा ठुलो राष्ट्रका रुपमा हाम्रो वर्तमान समाजलाई पुनर्गठित गर्नु नेपाली कांग्रेसको ध्येय हो । नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको बाटो छोटो छैन । यस अवस्थामा देशले निकै लामो र कष्ट साध्य उकालो बाटो छिचोल्नु छ ।

कांग्रेसको पछिल्लो निर्वाचन घोषणापत्र (२०७९) मा सम्मुनत नेपाल नै वीपीको घोषणापत्रमा लेखिएका यी शब्दले प्रजातान्त्रिक समाजवादको नयाँ व्याख्या खोजेको आभाष दिएको छ । झण्डै ७५ वर्ष अघि नेपाली कांग्रेसको प्रारम्भिक लक्ष्य तग गर्दै जननायक वीपी कोइरालाले लेख्नु भएको थियो । हामी जनता जनार्दनको बलमा नेपालमा कोही पनि भोका, नांगा, घाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरु कुनै कुराको अभाव नरहोस्, त्यस्तो शासन व्यवस्था ल्याउनै पर्यत्नमा छौँ । समुन्नत नेपालको यही कालजयी कल्पनाको उन्नत स्वरुप नै नेपाली कांग्रेसको अद्यावधिक विकास सोच हो । पुँजी संग्रह र आर्थिक वृद्धि महत्वपूर्ण साधन हुन तर सक्ष्मता र सबलीकरण नै हो । समुन्नत नेपाल वीपी कोइरालाकै समतामूलक समाजको परिकल्पनाको विस्तारित व्याख्या हो ।

ऐनामा अनुहार देखाए जस्तै उनले समाजवादको वास्तविक चित्रण आफ्नो योजनामा उतारे । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या कांग्रेसको स्थापनादेखि नगरिएको होइन तर २००७ देखि २०१५ सालसम्म देशमा राजनीतिक संक्रमणकला थियो । पहिलो संसदीय निर्वाचन २०१५ सालमा कांग्रेसको घोषणापत्र र वीपीको अगुवाइमा २ तिहाइ मत पाएर उनले सरकार गठन गरे । वीपी विराटनगर चुनाव क्षेत्रबाट निर्वाचित भए । प्रथम पटक देशले जननिर्वाचित प्रधानमन्त्री पायो ।

वीपीको चिन्तन अनुसार भूगोल र सीमा मात्र होइन राष्ट्रियता, भूगोल भित्रको गरिबको छाप्रो पनि हो राष्ट्रियता । त्यही गरिबको छाप्रोलाई उन्नतिशील बनाउन चाहिने साधन हो समाजवाद । वीपी कोइराला विश्व समाजवादी आन्दोलनको नेपालबाट भएको नेता र उनको छविको उचाईमा पुग्न नेपाली कांग्रेसका अरु नेताहरुले ठुलो त्याग र बलिदानी दिनु पर्ने देखिन्छ । वीपीको नाम बेचेर नेपाली कांग्रेसभित्र राजनीति गर्नुको साटो वीपीको चिन्तनलाई आत्मसाथ गर्न सक्ने नेतृत्वजको खोजी भइरहेको छ ।

लोकतान्त्रिक र समतामूलक समाज स्थापना गर्ने वीपीसँग भिजन र संकल्प थियो तर उनले समय पाएनन् । अहिले नेपाली कांग्रेसका नेतासँग समय छ तर भिजन र संकल्पको खडेरी परेको छ । नेपाली जनता र लोकतन्त्रका लागि त्यो भन्दा ठुलो विडम्बना के हुनसक्छ ? अहिले पनि नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका बारेमा बहस, विवेचना र विर्मश चलिरहेको छ । वीपी बिनाको नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक वैचारिक हुनु स्वभाविकै हो । जननायक वीपी सम्झौताहिन संघर्ष गर्ने, लोकतन्त्र स्थापनाका लागि आजीवन त्याग र बलिदानको प्राय हुन् । विपीको समर्पण र आदर्शलाई नेपाली कांग्रेसले अवलम्बन गर्नुपर्छ ।