समाचारप्रति वडा अध्यक्षको गम्भीर ध्यानाकर्षण

लमही,२६ बैशाख । लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले आफ्नो नाम जोडिएर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । चौधरीले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा पूर्वाग्रही रुपमा आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन ।

गत बैशाख २४ गते तुलसीपुरबाट प्रकाशित हुने एक अनलाइनमा ‘शक्तिको आडमा अबैध बालुवा डम्पिङ्ग’ भन्ने समाचारमा वडा अध्यक्षको चौधरीको नाम जोडिएको थियो । तर वडा अध्यक्षले उक्त समाचारमा आफ्नो कुनै संलग्नता नहरेको भन्दै संलग्नता पुष्टि गर्न समेत चुनौति दिएका छन ।

समाचारमा आफ्नो नाम जोडिदा सार्वजनिक रुपमा आफ्नो मान मर्यादामा ठुलो चोट परेको र बालुवा डम्पिङ्ग कार्यमा आफ्नो संलग्नता भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समेत वडाध्यक्ष चौधरीले बिज्ञप्ती मार्फत जनाएका छन् । उनले समाचारप्रति छानविन गर्न माग गर्दै दोषीलाई कारवार्ही गर्न समेत नगर प्रमुख कुलबहादुर केसीललाई आग्रह गरेका छन ।

लमही नगरको प्रेस संयोजकले नगर अन्तरगतकै वडाध्यक्षको नाम जोडिएको समाचारलाई सामाजिक सञ्जालमा हालेर प्रचार गर्नुले नगर कार्यपालिकाप्रति नै प्रहार गरेको महसुश भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।