कोरोनाको आशंकामा ३८ जनाको स्वास्थ्य परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

दाङ,२६ बैशाख । दाङमा कोरोना भाइरसको आशंकामा ३८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

बैशाख २४ र २५ गते प्रतिष्ठानसहित कोरोना अस्पताल बेलझुण्डी, राप्ती गाउँपालिका र लमही क्वारेन्टाइनबाट संकलित ३८ जनाको नमूना परिक्षण गरिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी दिएका छन ।

हालसम्म प्रतिष्ठानको पिसिआर बिधिबाट ९७ जनाको परिक्षण भएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।