त्यतिबेला आवाज हिनको आवाज बोल्ने लेख्ने न्यून थिए । सञ्चारका साधन पनि थिएनन् । मुलुक द्वन्द्वमा थियो, कतिबेला के हुने हो आम नागरिक त्रसित थियो, बिहान घरबाट निक्लेको श्रीमान् घर कतिबेला आउँला, पढ्न गएको छोराछोरी घर फर्कन्छन् कि फकिँदैन, बजार गएको छोरा कतिबेला घर फर्कन्छ भनेर बस्ने अवस्था थियो । मुलुक द्वन्द्वमा फसेको समयमा तत्कालीन विद्रोही पक्ष र राज्यले गर्ने ज्यादतिकाबिच पनि मैले २०५८ सालदेखि पत्रकारिता पेसा सुरु गरे । उनले आफू बिहानदेखि साँझसम्म फिल्डमै कलम बोकेर हिडेको सम्झिए ।
त्यति बेला अहिले जस्तो सञ्चारको यस्तो सुविधा थिएन घोराहीमा रेडियो स्वर्गद्वारीमा मैले पत्रकारिता गरेको मलाई अहिले ताजै जस्तो लाग्छ । करिब १५ वर्ष पत्रकारिता गरेका सालिन भद्र अग्रज पत्रकार भरतराज शर्माले त्यतिबेला आवाज हिनको आवाज भनेर जनतालाई सहज सूचना प्रवाह गर्न पाउँदाको क्षण किनै खुसी लाग्ने गरेको बताए । त्यतिबेला तत्कालीन विद्रोही र राज्य पक्षबाट विभिन्न नाममा भोग्नु परेको दुःख र अपेलहनाकाबिच पनि जनतालाई सत्य तथ्य सूचना दिनुका साथै आफ्नो कर्म कर्तव्य निष्ठ भयर आफू सूचना सङ्कलनमा लागेको सुनाए । उनले त्यतिबेला यसरी सञ्चारको दुनिया नभए पनि पश्चिम दाङको समाचार कापीको पानामा लेखेर फ्याक्स ल्यानलाइन फोनमा टिपाउने गरेको बताए ।
त्यस्तो अवस्थामा पत्रकारिता गरेका शर्माले त्यससँगै २०६२÷६३ को शान्तिपूर्ण आन्दोलनका साथै शान्ति प्रक्रिया भई संसाद पुनस्थापना भएको दिन आफू निकै खुसी भएको सुनाए । उनले देशलाई द्वन्द्वबाट निकास दिई शान्तिको विपुल फुकेका दलहरूको अहिलको अवस्था देख्दा भने निकै दुःख लाग्ने गरेको सुनाए । ‘देशमा शान्ति स्थापना भयो अब देशमा समृद्धि आउँछ देशले निकाससँगै विकास पाउँछ भन्ने बेला अहिलको यस्तो अस्था देख्दा फेरि के हुने हो भन्ने चिन्ता मलाई लाग्छ’ शर्माले भने ।
उनले अहिलको अस्थिर राजनीति र सत्ता शाक्ति यस्तो अवस्था देख्दा फेरि देश अर्को खाडलमा फस्ने होकि ? पहिलेकै जस्तो हुने होकी भन्ने चिन्ता लाग्ने गरेको भन्दै यस्तो अवस्था नआओस् भन्ने आफ्नो चाहना भएको बताए । त्यस्तै उनले आफू पत्रकारिता गर्दा २०६० सालमा तत्कालीन माओवादीले पश्चिम दाङको बाघमारेको पेदामा तत्कालीन पत्रकार महासंघका अध्यक्ष केपी मलाससहित १३ जना पत्रकारहरू पत्रकार सम्मेलनमा गएको र त्यतिबेला राज्य पक्षबाट फाइरिङ गर्दा सबैजनाको भागा–भाग भएको सम्झिए ।
तत्कालीन अवस्थामा माओवादीका हेमन्तप्रकाशले नडराउनु होस् हाम्रो धेरै सेनाहरू हुनुहुन्छ हामी सुरक्षित छम भनेको सम्झँदै साँझ ७ बजे आफूहरू सकुशल घर फर्कदा र त्यहाँ राज्य तथा तत्कालीन माओवादीतर्फ कुनै अप्रिय घटना नभएको देख्दा आफू खुसी भएको बताए । पत्रकार शर्माले तत्कालीन अवस्थामा आफूले पत्रकारको तर्फबाट दुःखमा परेकाहरूका कुराहरू लेख्न बोल्नका साथै सहजीकरण गर्न पाउँदा निकै खुसी लाग्ने गरेको सुनाए ।
‘त्यतिबेला विभिन्न समस्यामा परेका व्यक्तिको सामाचार हामीहरूले प्रकाशित गर्ने गरेका थियौँ, त्यसको पनि सुनुवाई हुन्थ्यो’ शर्माले भने । त्यस्तै शर्माले पत्रकारिता गर्नुभन्दा पहिले आफ्नै गाउँमा शिक्षक भएर क्षिक्षाको ज्योति दिन पाउँदा पनि खुसी लागेको सम्झिए । ‘२०५५ देखि ५८ सम्म मैले गाउँमा प्रावि कुटिमा समेत पढाए त्यतिबेला पनि द्वन्द्व चिर्किएको थियो’ उनले भने । शर्माले आफूले पैसा धन सम्पत्तिभन्दा पनि जनताको समस्या र गाउँमै केही गर्नुपर्छ भनेर आफू सत्कर्म र शिक्षादेखि सञ्चार क्षेत्रमा लागेको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै शर्माले आफूले पत्रकारिता पछि नेपाली कांग्रेसको क्षेत्रीय सदस्यमा निर्वाचन जितेर राजनीतिमा लागेको सम्झिए । उनले साविक नेपाली कांग्रेस क्षेत्र नं. ५ को सचिव पदमा स्वर्गीय नेता बसन्त देवकोटाले मनोनित गरी जिम्मेवारी दिएकोमा पनि खुसी व्यक्त गरे । ‘म क्षेत्रीय सचिव हुँदा कांग्रेसका माननीय दिपक गिरीलाई हामीहरूले चुनाव जिताउन सफल भएका थियौँ यति बेलामा पनि मलाई खुसी लागेको थियो’ शर्माले भने ।
त्यस्तै शर्माले आफूले विकास निर्माणदेखि अन्य सामाजिक कार्यमा लाग्ने अवसर अग्रज तथा साथीभाइले विश्वास गरी जिम्मेवारी दिएकोमा पनि खुसी व्यक्त गरे । शर्माले सामाजिक कार्यअन्तर्गत गाउँमा ग्रामीण सहकारी संस्थाको संस्थापक अध्यक्ष भई काम गर्ने अवसर मिलेको र अहिले सहकारीले दमारगाउँमा कापी उद्योग सञ्चालन गरेको बताए । शर्माले आफू पत्रकारिता समाजसेवादेखि राजनीतिमा लाग्दा घरमा आमाबुवा श्रीमती सबैले साथ सहयोग हौसला दिएकोमा खुसी व्यक्त गरे ।
शर्माले घरमा छोरा छोरीले पढाइ लेखाइ गरी राम्रो बाटोमा लागेकोमा पनि आफू खुसी भएको बताए । ‘म नेपालमै बसेर सेवा गर्नुपर्छ भने सोच बोकेको मान्छे हुँ, गलत बाटो र गलत कुरा कहिले गरिएन म यसैमा सुन्तुष्टी र खुसी छु’ शर्माले भने । करिब १५ वर्ष पत्रकारिता गरेका पुराना पत्रकार भरतराज शर्माले अहिले पत्रकारी छोडेर घरव्यवहारमा रमाउन पाएको पनि खुसी व्यक्त गरे ।
प्रस्तुति : बालाराम खड्का