घोराही, २६ बैशाख । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बृहत्तर बिकासका लागि काठमाडौं पुगेको एक प्रतिनिधि मण्डलले भेटघाटलाई तिब्र पारेको छ ।
नेकपाका नेता तथा नेपाल निर्माण ब्यबसायी महासघ प्रदेश ५ का अध्यक्ष बलिभद्र राना र नेकपा रोल्पाका युबा नेता कुमार दसौदीको अगुवाइमा प्रतिष्ठानको समग्र बिकासका लागि कुनै पनि राजनीतिक पूर्वाग्राही नराखेर सहयोग गर्न आग्रह गर्दै शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर भेटघाट गरेको भेटघाटमा सहभागी अधिबक्ता निकेशकुमाल लम्सालले जानकारी दिएका छन ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेको डेलिगेसन टोलीले स्वास्थ्य राज्यमन्त्री नबराज रावतलाई भेटेर प्रतिष्ठानको बिकासका लागि र कोरोनाको महामारी रोकथामका लागि सरकारले दिने बजेट कुनै कञ्जुसाई नगरिदिन आग्रह गरेको थियो ।
प्रतिष्ठानले कोभिड–१९ विरुद्ध गरिरहेको तयारी र प्रतिष्ठानको समग्र हितका लागि बजेट दिइ सहयोग गर्न मन्त्री र राज्यमन्त्रीलाई आग्रह गरेको डेलिगेसनको नेतृत्व गरेर काठमाडौं जानू भएका बलिभद्र रानाले बताएका छन ।
प्रतिष्ठानमा किट अभाब रहेको भन्दै किट पर्याप्त ब्यबस्था गरिदिन स्वास्थ्य मन्त्री र राज्यमन्त्रीलाई आग्रह गरेको र त्यो तत्कालै ब्यबस्थापन गरिदिने प्रतिबद्धता जनाएका थिए । डेलिगेसन टोलीमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य धुर्बराज श्रेष्ठ ‘भारी’, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, बिष्णु गुप्तालगायतको सहभागिता रहेको छ ।