जीवनका चुनौतीहरु

भुपेन्द्र सुवेदी

विश्व जगतका सवै प्राणी जगतका जीवन आई पर्ने र आइरहेका चुनौती जीवनका सामु प्राकृतिक चुनौतीहरु धेरै प्रकारका विद्धान छन् । प्राकृतिक चुनौतीहरुले उत्पन्न गर्ने संकट सामु सवै प्राणी निरीह रहेका छन् ।

पृथ्वीमा वेला वखत घट्ने गरेका र भविष्यमा जुनसुकै वखत पनि भेट्न सक्ने प्राकृतिक घटना जीवनका लागि चुनौती वनेर वसेका छन् । त्यसैले पृथ्वीको जीवन अत्यन्तै संवेदनशिल रहेको देखिन्छ । जीवनका प्राकृतिक चुनौती धेरै प्रकारका रहेका हुन्छन् भन्ने जीवन दर्शनका ज्ञाताको भनाइ सुन्न र पढ्न पाइन्छ ।

जस्तै वाह्य, प्रभावका घटनाहरू ः

पृथ्वीमा विगतका कालखण्डमा घटेका र भविष्यमा पनि जुनसुकै बखत घट्न सक्ने प्राकृतिक घटनामा बाह्य प्रभावका घटना महत्वपूर्ण रहेका हुन्छन् । बाह््य प्रभावका घटनामा आन्तरिक्षाबाट बेलाबखत पृथ्वीमा खस्न सक्ने साना ठुला चट्टान अर्थात् उल्कादेखि सौर्य आधिको असरसम्म पर्छन् । यी घटना पृथ्वीमा जीवनका लागि चुनौती बनेर रहेका छन् ।

पृथ्वीमा अन्तरिक्षबाट स–साना उल्ला निरन्तर रुपमा खसिरहेका हुन्छन् । भनिएको छ कहिले बाहित विशाल आकारका उल्काहरु समेत खस्ने गर्दछन् । सौर्यमण्डल वरीपरी रहेका सात लाख भन्दा धेरै उल्काहरु पृथ्वीका लागि खतरनाक रहेका वैज्ञानिकको भनाइ छ । ती खतरनाक उल्काहरु आफ्नो परिभरमणपथ परिवर्तन गरी जुनसुकै बेला पृथ्वीको नजिक आउन र पृथ्वीको नजिक आउन र पृथ्वीको गुरुत्वाकरणले गर्दा सतहमा खस्न सक्छन् ।

करिब ५ करोड ६० लाख वर्ष अघि पृथ्वीमा विशाल उल्का खस्दा त्यसको असरले विशाल सजव डाइइनोस्वर पृथ्वीबाट सधैका लागि लुप्त भएर गएका थिए । अर्को विशाल उल्का एपोसिस निकट भविष्यमा पृथ्वीमा खस्न सक्ने सम्भावना रहेको देखिन्छ ।

विशाल आकारको उक्त उल्का दश लाख वर्ष पछि सन् २०२९ मा पृथ्वीको सबैभन्दा नजिक आउने र यदि उक्त उल्काकाले आफ्नो परिभरमणपथ परिवर्तन नगरेमा गुरुत्वाकरणले गर्दा पृथ्वीमा खस्न सक्ने अनुमान गरिएको विज्ञको भनाइ छ ।

बाह्य प्रभावका घटनामा सौर्य आधि र सौर्यको गतिविधिलाई पनि लिन सकिन्छ । सौर्यको गतिविधिलाई पनि लिने गरिन्छ । सूर्यको भौतिक परिस्थिति र गतिविधि निरन्तर परिवर्तन भइरहेको हुन्छ । सूर्यमा बेला बखत चल्ने आधिबेरीले पृथ्वीको तापक्रमलाई भरिन्छ ।

विश्वव्यापी तापक्रम वृद्धिको घटनालाई सूर्यको गतिविधिसँग पनि जोडेर हेर्ने गरिएको छ । तापक्रम वृद्धिको घटना पृथ्वीमा मात्र नभइ सौर्यमण्डलका अरु ग्रहहरु समेतमा देखा पर्न थालेको वैज्ञानिकले बताएका छन् । जे होस् पृथ्वीको भाग्य सूर्यको गतिविधिमा निर्भर रहेको छ ।

सूर्यको बली रहेसम्म मात्र पृथ्वी सुरक्षित रहन सक्छ सूर्य बल्न छाडेपछि पृथ्वी स्वस्थ अस्तित्व हुने तर सूर्यको इन्धन आगामी छ अरब पचास करोड वर्ष पछि मात्र सकिने अनुमान गरिएको छ भन्ने यसका विज्ञको भनाइ छ । अरु ताराहरु सरह सूर्य पनि बलेर नष्ट हुनु नष्ट हुनुभन्दा पहिले नै पृथ्वी नष्ट हुनेछ ।

आगामी एक अर्ब वर्ष पछि सूर्यको तापक्रम अहिले भन्दा दश प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यो बेला पृथ्वी अहिलेको शुक्र ग्रहझै तातो भई यहाँको पानी बाफ बनेर अन्तरिक्षमा बिलाउने छ र पृथ्वी जीवनविहीन बन्ने छ ।

पृथ्वीमा ज्वालामुखी विष्फोटका घटनाहरु निरन्तर रुपमा घटना परेका छन् तर ठुला–ठुला ज्वालामुखी विष्फोटका घटनाले पृथ्वीको भूगोल र पर्यावरणमा उथलपुथल ल्याउन सक्छ । विगतका काल खण्डमा पृथ्वीमा घटेका ठुला–ठुला ज्वालामुखी विष्फोटका घटनाहरुले यहाँको जीवनलाई पटक–पटक विनास गराएको पाइन्छ ।

आज जीवन र जगतको सृष्टि र विकास क्रममा विश्वमा हुँदै आएको वातावरण र पर्यावरणको समस्याले विश्वमा पर्दै आएको जटिलतालाई हामी मानव जातिले धेरै ध्यान दिएको पाइँदैन खास गरेर राज्य सञ्चालक र नेतृत्वको भूमिकामा शून्यता रहेको छ ।

पर्यावरणको संरक्षण विश्वको अत्यन्त कठिन र जटिल समस्या बनेको छ । विश्वव्यापी रुपमा नै पर्यावरणीय रुपमा नै कृषि योग्य जमिनको मरुभूमीकरण वा विनास हुँदै गइनै रहेको छ । मानिसले पिउने पानी र जीवनका लागि नभइन हुने हावा समेत प्रदुशित हुँदै गएको छ भने ओजन तहको पनि विनास हुँदै गइरहेको छ ।

यहाँसम्म कि पृथ्वीमा बढिरहेको प्रर्दुशनको असर अकाशबाट वर्ष नै पानीमा पनि पर्दछ र आकाशबाट वर्ष प्रदुषित पानीको असर जिवजन्तु, वन सम्पदा र उर्वर माटोमा समेत पर्दछ । विश्वव्यापी जनसंख्याको चापको समेतले पर्यावरणमा प्रतिकुल असर परिनै रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरण माथि आक्रमण र असन्तुलन बढिरहेको छ ।

यी कारणले गर्दा ठुला–ठुला महामारी र डर लाग्दा रोगो वृद्धि हुँदै गएको आजको अवस्था छ । यसैले जीवनका चुनौतीको बारेमा शिर्षमै उल्लेख गरिएको छ । अबको विश्वको वातवरण असन्तुलनलाई नियन्त्रण गर्ने उपायको खोजी गरौँ र यो विषयमा खास गरी नव युवा बुद्धिजिवी वैज्ञानिक विज्ञहरुले सोच्ने समय हो ।