लायन्स क्लवको पदहस्तान्तरण,अध्यक्षमा केसी

तुलसीपुर, १५ भदौ । लायन्स क्लव अफ दाङ र लियो क्लव अफ तुलसीपुरको पदहस्तान्तरण तथा प्रेरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

लायन्स क्लव अफ दाङका बर्ष २०२४÷२५ का अध्यक्ष गोरख वलीको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेश्नल ३२५ एनका डिष्ट्रीक गर्भनर नेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन बर्ष २०२५ ÷२६ का अध्यक्ष विनील केसी र लियो क्लव अफ तुलसीपुरका अध्यक्ष युवराज केसीलगायतका नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण गरिएको थियो । सो अवसरमा लायन्स क्लव अफ दाङका नवनिर्वाचित अध्यक्ष विनिल केसीले आफुले बर्षभरि गर्ने कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बर्ष २०२४÷२५ का अध्यक्ष गोरख वलीले आफुले बर्षभरि गरेका कार्यक्रमहरुको वारेमा जानकारी गराउदै आफ्नो कार्यकाल सफल पार्न विभिन्न समयमा सहयोग गर्ने सलैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा लायन्स क्लव अफ दाङका पूर्व अध्यक्ष विमल रिजाल, मधुसुदन गौतम, गणेश अधिकारी, सिनियर डिष्ट्रिक इजुकेटिभ चिफ ध्रुव गौतमलगायतले शुभकामना व्यक्तगरेका थिए ।

कार्यक्रममा पत्रकार निरला अर्याललाई पुरस्कृत गरिएको थियो । लायन्स क्लव अफ दाङका उपाध्यक्ष गोपाल रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वर्ष २०२४÷२५ का सचिव कोमल डाँगीले गरेका थिए । लायन्स क्लव दाङको बर्ष २०२५÷२६ को अध्यक्षमा विनिल केसी, प्रथम उपाध्यक्षमा लोकबहादुर विष्ट, दिृतिय उपाध्यक्षमा पूर्ण भण्डारी, तृतीय उपाध्यक्षमा चन्दा श्रेष्ठ, उपाध्यक्षहरुमा गोपाल रावत, कोमल डिसी, सरोज लामिछाने, सचिवमा विजय गिरी, सहसचिवमा हरिष गिरी कोषाध्यक्षमा रोमप्रसाद भट्टराई सहकोषाध्यक्षमा मावध पोख्रेल चयन भएका छन् ।

त्यस्सै विच लायन्स क्लब अफ तुलसीपुर ईशानको पद हस्तान्तरण तथा सम्मान भएको छ । लायन्स क्लब अफ तुलसीपुर ईशान वर्ष २४ २५ का अध्यक्ष रमेश रेग्मी को अध्यक्षतामा डिष्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ को प्रमुख आतिथ्यता एवं तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीको विशिष्ट आतिथ्यमाा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लबले “हाम्रो एरिया, हाम्रो सेवा” अभियानमार्फत विपद् व्यवस्थापनदेखि सामाजिक सेवासम्म राज्यभन्दा पहिला समुदायमा पुग्ने योगदानको चर्चा गर्दै जन्मदिनमा सेवा गर्ने प्रणालीलाई विस्तार गर्नुपर्ने र महिला सदस्यहरूको सहभागिता अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

क्लबले गत वर्ष सुरु गरेको ‘सेवाको यात्रा’ अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श, मेधावी आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति, विद्यालय पुस्तकालयलाई समृद्ध बनाउन पुस्तक सङ्कलन, ‘एक लायन–एक वृक्ष’ अभियानमार्फत वृक्षारोपण र हेरचाह, रक्तदान, सरसफाइ अभियान र चेतनामूलक कार्यक्रम जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा सिनियर डिष्ट्रिक इजुकेटिभ चिफ ध्रुव गौतम, राप्ती लाइफ केयर हस्पिटलका प्रबन्धक हरीप्रसाद रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी, बालकल्याण प्रविका प्रअ हुमबहादुर केसी, मानव सेवा आश्रमका प्रमुख हीरू जोशी तथा सिलिकन एजुकेशनका प्रबन्धक प्रयास पोख्रेललगायतले शुभकामना मन्तव्य गरेका थिए ।

अवसरमा समाजसेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका बालबालिका, महिला तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । दीपक केसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण केशवराज न्यौपाने र सोमराज बस्नेतले गरेका थिए । सोही अवसरमा वर्ष २०२५÷२६ का लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा अध्यक्ष सुनिल खनाल, प्रथम उपाध्यक्ष दीपक केसी, द्वितीय उपाध्यक्ष केशवराज न्यौपाने, उपाध्यक्ष कर्णबहादुर पुन र सरद शर्मा, सचिव सोमराज बस्नेत, सहसचिव एकराज देवकोटा, कोषाध्यक्ष पुष्कर भुसाल, सह–कोषाध्यक्ष प्रतीक भुसाल, क्लब डाइरेक्टर आशिष देवकोटा, क्लब सर्भिस चेयरपर्सन विनोद भण्डारी, एलसीआईएफ कोर्डिनेटर धीरज बस्नेत, मेम्बरशिप चेयरपर्सन किशोर अर्याल र मार्केटिङ चेयरपर्सन मनिष भुसाल रहेका छन् ।