युवा र उद्योगबीच सेतु बन्नेछ महाकवि रोजगार मेला

सुनवल,१५ भदौ । स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई रोजगारीको अवसर नजिक पुर्‍याउने उद्देश्यले महाकवि देवकोटा क्याम्पस, सुनवलमा आगामी भदौ १७ गते महाकवि रोजगार मेला–२०२५ आयोजना हुँदैछ।

मेलामा बैंक, बीमा, शैक्षिक संस्था तथा उत्पादन क्षेत्रमा क्रियाशील करिब ३० कम्पनी सहभागी हुनेछन् भने करिब १५० विद्यार्थीले प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रम संयोजक केशव भण्डारीले मेलाले विद्यार्थीलाई आफ्ना क्षमता देखाउने र उद्योगलाई योग्य जनशक्ति पहिचान गर्ने अवसर दिने बताउनुभयो।

क्याम्पस प्रमुख नारायण प्रसाद ढकालका अनुसार मेलामा रोजगार अवसर मात्र नभई Career Counseling, CV Writing र Interview Skills सम्बन्धी मार्गदर्शन पनि उपलब्ध हुनेछ। उहाँले यसलाई शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने महत्वपूर्ण कदमको रूपमा लिन सकिने बताउनुभयो।