कारको ठक्करबाट बृद्धको मृत्यु

दाङ, १५ भदौ । देउखुरीमा कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षीय भगवानदीन चौधरी रहेको प्रहरीले जनाएको छ ।

सिसहनियाँ–सोनपुर सडक खण्डको भित्री सडकमा पैदल हिँडिरहनुभएका चौधरीलाई आइतबार बिहान करिब साढे सात बजेतिर लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीलाई लमही अस्पतालमा प्रारम्भीक उपचारपछि बुटवल रिफर गरिएको थियो । बुटवलस्थीत लुम्बिनी सिटी अस्पतालमा उपचारकै क्रममा दिउँसो घाइते चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक पाण्डेयका अनुसार ठक्कर दिने कार र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।