calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

उपनिर्वाचनमा सञ्चार समन्वयमा युनियनका अध्यक्ष सुवेदीको संयोकत्वमा समिति गठन

तुलसीपुर, २३ कार्तिक । आगामी मंसिर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन दाङको भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । युनियनको भेलाले दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको निर्वाचनमा युनियनको शुभेच्छुक पार्टी नेपाली काँग्रेसका उम्मेदवार निकट रहि निर्वाचनमा परिचालन हुने निर्णय गरेको सचिव आरके सीतलले जानकारी दिएका छन ।

नेपाली कांग्रेसले उपनिर्वाचनामा गठन गरेको प्रचार–प्रसार समितिसँग समन्वय गरी सञ्चारको क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा सञ्चार समन्वय समिति गठन गरिएको छ । जसमा युनियनका पूर्व अध्यक्ष, सल्लाहकार, पार्षद्, जिल्ला समितिका सदस्य, साधारण सदस्य, सञ्चार संस्थाका प्रमुख र सम्पादक वा संस्थाले तोकेको फोकल पर्सन सदस्य रहने छन् ।

उपनिर्वाचनमा प्रदेश नम्वर ३ (ख) मा सञ्चार समन्वयका लागि युनियन दाङका उपाध्यक्ष नारायण खड्कको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । जसमा सुवास डिसी, शर्मिला डिसी, देवीराम कुसारी, विमल गौतम, चेतन रेग्मी, बालाराम खड्का, लक्ष्मण बस्नेत, खेमराज रिजाल, यमकला भुषाल, शिवराज बस्नेत, प्रेम पुन, धुब्रराज न्यौपाने, सन्तोष केसी, प्रकाश डाँगी, उमा भण्डारी, जीतसागर जिएम, रेखा शर्मा, देवा भण्डारी, सञ्चिता देवकोटा, सुशीला घर्ती, अञ्जना चौधरी, निता चौधरी, आषिश केसी, सरीता चौधरी, शरद शर्मा मजगैयाँ, राजेश खत्री, सनोद थापा, शरद रेग्मी, सन्तोष शर्मा, अनिता पुन, श्रीराम चौधरी, नवराज घिमिरे, निराश पाण्डे, जयन्ती चौधरी, पूर्ण केसी मुस्कान रहेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको उपनिर्वाचनका लागि युनियनका सचिव आरके सितलको संयोजकत्वमा सञ्चार समन्वय उपसमिति गठन गरिएको छ ।
जसमा देव यादव, सपना बोहरा, अमर क्षितिज भण्डारी, देवेन्द्र बस्नेत, रोशनमान श्रेष्ठ, हेमराज शर्मा, लिलाधर वली, अमरराज आचार्य, सुशीला वली, छवी पुरी, पिताम्वर रिजाल, खड्ग शर्मा, अमिता चौधरी, लक्ष्मीमान चौधरी, बसुन्धरा गौतम, किरणविक्रम शाह, पार्वती बस्नेत, सविता चौधरी, जनक ओली, विष्णुकुमार देवकोटा, शिवराज खनाल, टेकबहादुर पुन, प्रियास्मृति गजमेर, दुखहरण यादव सदस्य रहेका छन् ।

युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ र युनियनका सल्लाहकार सुशील बस्नेतको विशेष उपस्थितिमा सम्पन्न भेलाको सहजीकरण युनियनका सचिव आरके सितलले गरेका थिए ।