टेकबहादुर पुन
देउखुरी, १४ भदौ । देउखुरीस्थित चार स्थानीय तहले थारू समुदायको महान पर्व अट्वारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । पालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्वमा बिदा दिने निर्णय गरिएको हो ।
पालिकाले जारी गरेको सूचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भदौ १५ र १६ गते दुई दिन र राप्ती र गढवा गाउँपालिकामा भदौ १५ गते एक दिन सार्वजनिक बिदा हुने भएको छ ।
लमही नगरपालिका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल र राजपुर गाउँपालिकाका प्रशासकीय अधिकृत रमेन्तबहादुर डाँगीद्वारा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै आआफ्नो पालिकामा अट्वारीको बिदा दिएका छन् ।
संस्कृति र परम्पराको संरक्षणका नाममा हुने विकृति वा अपसंस्कृति गतिविधिप्रति सचेत रहन सूचनामार्फत् सबैलाई आग्रह गरिएको छ ।