कविता : मनमा ईश्वर !

श्रीराम दहित

हामी मायाको चक्करमा कसले के के पायौं ?
सुखको मृगतृष्णाले पवित्र आत्मा नभड्कायौं !

ईश्वरको रथमा बसालौं हामी सधैं आत्मालाई ।
आ–आफ्नो मन मस्तिष्कमा बसालौं ईश्वरलाई ।

त्यागौं हामी लोभ मोह दम्भ अहंकार अनि माया ।
दुव्र्यसनको नसाले नास हुँदैछ हाम्रो पवित्र मानव काया ।

मन रहोस् हाम्रो पवित्र ममताले भरिपूर्ण धारा ।
ईश्वर कै रूपमा देख्न सकौं सुन्दर संसार सारा ।

प्राकृतिक जीवनशैली व्यावहारिक बनोस् मानव जीवनमा
तन, मन र धनले गरौँ उच्च मानवीय सेवा सधैं जीवनमा ।

लागि रहोस् मन हाम्रो मन कर्म पूजा झैँ ईश्वर अनुरागमा ।
असल कर्ममा कहिल्यै पछि नपरौं हामी ईश्वर अनुरागमा ।

आवाज साझा बनोस् कुरिती भ्रष्टाचार अनि बेठितिमा ।
बसालौं हाम्रो मनलाई नीति विधि रिति ईश्वरको थितिमा ।

हामी जहाँ जाऔं ईश्वर आस्था विश्वास प्रशंशा गर्न सकौं ।
सधैं आत्मामा ईश्वर बसाल्न पवित्र नियमित कर्म गरौं ।

सधैं बहानामा हाम्रो रंग बदल्न नपरोस् छेपारो झैँ ।
हामीलाई कठै भन्न नपरोस् सम्पत्तिको दम्भले अझैं ।