calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

शिक्षक महासंघ घोराहीले धर्नासंगै बुझायो ध्यानाकर्षण पत्र

दाङ, १३ भदौ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको निर्णयअनुसार नेपाल शिक्षक महासंघले देशभरका स्थानीय तहमा एकैसाथ धर्नासंगै ध्यानाकर्षण पत्र बुझाएको छ।

सोही कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकामा पनि शुक्रबार बिहान ११:०० बजेदेखि शिक्षकहरुले धर्ना कार्यक्रम सञ्चालन गरी शिक्षामन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र बुझाएको हो ।
धर्नापछि महासंघले घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

नेपाल शिक्षक महासंघ सहित नेपाल शिक्षक घोराही नगर कार्य समितिका अध्यक्ष खिम प्रकाश पुरी र सचिव गोपाल पोख्रेललगायतको टोलीले प्रशासकीय अधिकृत केसीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी, प्रधानाध्यापक, संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

नेपाल शिक्षक संघले शिक्षा विधेयकमा शिक्षकसँग सरकारबीच भएको सम्झौताका विषय नसमेटिएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम अघि सारेको जनाएको छ। घोराहीसँगै जिल्लाका दशैं स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको थियो।