calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

एक वर्षमा एक सय ७६ किलोमिटर सडक कालोपत्रे

अमरराज आचार्य
दाङ, १३ भदौ । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७६ किलोमिटर सडक कालोपत्रे भएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ मा एक सय ७८ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

यो अवधिमा एक सय ७६ दशमलव तीन किलोमिटर ग्राभेल, ३६ दशमलव शून्य चार किलोमिटर सडक आरसिसी, एक सय ६३ दशमलव छ किलोमिटर कच्ची सडक विस्तार, एक सय २५ दशमलव दुई किलोमिटर नयाँ कच्ची सडक निर्माण गरिएको छ । यसैगरी एक वर्षको अवधिमा ४० वटा मोटरेबल पुल, १५ वटा झोलुङ्गे पुल, ६३ वटा स्ल्याब कल्भर्ट, ६७ वटा बक्स कल्भर्ट, ११ वटा झोलुङग्रे पुल मर्मत गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार एक वर्षको अवधिमा रुपन्देहीमा ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे, २० दशमलव ७३ किलोमिटर सडक ग्राभेल, सात दशमलव ८७५ किलोमिटर आरसिसी गरिएको छ । यसैगरी २५ वटा सल्याव कल्भर्ट, तीन वटा बक्स कल्भर्ट, दुई सय ८७ दशमलव पाँच घनमिटर ग्याबिन पर्खाल निर्माण गरिएको छ भने पक्की नाली १५६३२ दशमलव ३५ मिटर निर्माण गरिएको छ ।

यसैगरी नवलपरासी पश्चिममा १२ दशमलव १८ किलोमिटर सडक कालोपत्रे हुँदा आठ दशमलव ६९ किलोमिटर ग्राभेल, एक दशमलव ७७४ किलोमिटर आरसिसी गरिएको छ । यसैगरी दुई वटा सल्याब कल्भर्ट, सात दशमलव पाँच मिटर ह्युम पाइप, २९२० मिटर पक्की नाली, एक मोटरेबल पुल र एउटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

यसैगरी कपिलवस्तुमा १९ दशमलव १३ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार १० दशमलव आठ किलोमिटर सडक ग्राभेल, चार दशमलव ९८ किलोमिटर आरसिसी, ३१३५ घनमिटर ग्याबिन पर्खाल, टेवा पर्खाल एक हजार पाँच सय ४६ घनमिटर, सल्याब कल्भर्ट १० वटा, बक्स कल्भर्ट १९ वटा, ह्युमपाइप दुई सय ४० मिटर, पक्की नाली सात हजार सात सय ३५ मिटर निर्माण गरिएको छ ।

यसैगरी मोटरेबल पुल चार वटा, झोलुङ्गे पुल एउटा निर्माण गरिएको छ । यसैगरी पाल्पामा एक दशमलव ३४ किलोमिटर सडक कालोपत्रे हुँदा पाँच दशमलव २८१ किलोमिटर सडक ग्राभेल, १६ दशमलव ६५ किलोमिटर सडक चौडा, एक दशमलव ७४ किलोमिटर नयाँ कच्ची सडक निर्माण र छ दशमलव ७९४ किलोमिटर आरसिसी गरिएको छ । यसैगरी ग्याबिन पर्खाल पाँच हजार तीन सय २५ दशमलव पाँच घनमिटर, टेवा पर्खाल सात हजार ५१ घनमिटर निर्माण गरिएको छ भने सल्याब कल्भर्ट तीन वटा, बक्स कल्भर्ट पाँच वटा, ह्युमपाइप सात सय ४२ मिटर, मोटरेबल पुल चार वटा निर्माण गरिएको छ ।

यसैगरी गुल्मीमा १४ दशमलव ६६ किलोमिटर सडक कालोपत्रे गरिएको छ मन्त्रालयको प्रतिवेदमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार १६ दशमलव ५६ किलोमिटर सडक ग्राभेल, पाँच दशमलव शून्य दुई किलोमिटर आरसिसी, १९ दशमलव ९१ किलोमिटर कच्ची सडक चौडा, १३ दशमलव ३३ किलोमिटर कच्ची नयाँ सडक निर्माण गरिँदा ग्याबिन पर्खाल सात हजार पाँच सय ३९ दशमलव सात घनमिटर, टेवा पर्खाल पाँच हजार चार सय ९७ घनमिटर, दुई सय ३२ दशमलव पाँच मिटर ह्युमपाइप, ११ हजार पाँच सय ४० मिटर पक्की नाली र दुई वटा मोटरेबल पुल निर्माण गरिएको छ ।

यसैगरी अर्घाखाँचीमा २७ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गरिएको भने २७ दशमलव ६७ किलोमिटर सडक ग्राभेल, पाँच दशमलव ३७ सडक आरसिसी, ३१ दशमलव शून्य एक किलोमिटर सकड चौडा, तीन दशमलव ३२ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । यसैगरी ग्याबिन पर्खाल २९ हजार एक सय ६३ दशमलव तीन घनमिटर, टेवा पर्खाल १५ हजार सात सय ६१ घनमिटर, ह्युमपाइप १७ हजार मिटर, पक्की नाली ३३ हजार पाँच सय ७८ दशमलव २१ मिटर र दुई वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार दाङमा १० दशमलव ८३ किलोमिटर सडक कालोपत्रे हुँदा २६ दशमलव ७३ किलोमिटर ग्राभेल, १२ दशमलव पाँच किलोमिटर कच्ची सडक निर्माण, शून्य दशमलव ९६ किलोमिटर सडक आरसिसी, सात दशमलव ५७ किलोमिटर कच्ची नयाँ सडक निर्माण गरिएको छ । यसैगरी ग्याबिन पर्खाल १२ हजार नौ सय २५ घनमिटर, टेवा पर्खाल सात हजार तीन सय ५७ घनमिटर, स्ल्याव कल्भर्ट चार वटा, बक्स कल्भर्ट तीन वटा, ह्युमपाइप चार सय ५२ मिटर, पक्की नाली ३१ हजार नौ सय २० मिटर, मोटरेबल पुल तीन वटा र झोलुङ्गे पुल दुई वटा निर्माण गरिएको छ ।

यसैगरी प्युठानमा नौ दशमलव १८२ किलोमिटर सडक कालोपत्रे हुँदा दुई दशमलव ३२१ किलोमिटर ग्राभेल, एक दशमलव १८५ किलोमिटर आरसिसी, ३० किलोमिटर कच्ची सडक विस्तार, आठ दशमलव आठ किलोमिटर कच्ची सडक निर्माण गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार ग्याबिन पर्खाल १९ हजार चार सय २४ दशमलव पाँच घनमिटर, टेवा पर्खाल १० हजार तीन सय ८७ घनमिटर, सल्याब कल्भर्ट एउटा, ह्युपपाइप पाँच सय ८० मिटर, पक्की नाली नौ हजार छ सय ६२ दशमलव ४५ मिटर, मोटरेबल पुल दुई वटा र झोलुङ्गे पुल एउटा निर्माण भएको छ ।

यसैगरी रोल्पामा चार दशमलव ८८३ किलोमिटर सडक कालोपत्रे गरिएको भने छ दशमलव ६७४ किलोमिटर सडक ग्राभेल, शून्य दशमलव ५५५ किलोमिटर आरसिसी, १८ दशमलव ६८ किलोमिटर कच्ची सडक चौडा, ४४ दशमलव ७७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । यसैगरी ग्याबिन पर्खाल १६ हजार तीन सय पाँच दशमलव पाँच घनमिटर, टेवा पर्खाल तीन हजार एक सय ९० घनमिटर, सल्याब कल्भर्ट दुई वटा, ह्युमपाइप ९५ मिटर, मोटरेबल पुल तीन वटा र झोलुङ्गे पुल दुई वटा निर्माण गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयको प्रतिवेदन अनुसार रुकुम पूर्वमा ४५ दशमलव ७२ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरिँदा चार दशमलव तीन किलोमिटर कच्ची सडक विस्तार, शून्य दशमलव शून्य आठ किलोमिटर सडक ग्राभेल, शून्य दशमलव ३३ किलोमिटर सडक आरसिसी गरिएको छ । यसैगरी ग्याबिन पर्खाल सात हजार आठ दशमलव पाँच घनमिटर, टेवा पर्खाल नौ सय ४२ घनमिटर, पक्की नाला दुई हजार चार सय ३४ मिटर र मोटरेबल पुल एउटा निर्माण गरिएको छ ।

यसैगरी बाँकेमा १७ दशमलव ४९ किलोमिटर सडक कालोपत्रे गरिँदा १४ दशमलव शून्य आठ किलोमिटर सडक ग्राभेड, एक दशमलव ४८६ किलोमिटर सडक आरसिसी, ग्याबिन पर्खाल २९ दशमलव पाँच घनमिटर, टेवा पर्खाल एक सय २६ घनमिटर, सल्याब कल्भर्ट छ वटा, बक्स कल्भर्ट एउटा, ह्युपपाइप १० मिटर, पक्की नाली १२ हजार ७१ मिटर र मोटरेबल पुल तार वटा निर्माण गरिएको छ ।

यसैगरी बर्दियामा १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे हुँदा ३१ दशमलव २९ किलोमिटर सडक ग्राभेल, ग्याबिन पर्खाल तीन हजार तीन सय ३१ दशमलव ९९ घनमिटर, टेवा पर्खाल पाँच हजार ९९ घनमिटर, सल्याब कल्भर्ट छ वटा, बक्स कल्भर्ट ३६ वटा, हयुमपाइप पाँच सय ५५ मिटर, पक्की नाली सात हजार दुई सय नौ दशमलव ७५ मिटर, मोटरेबल पुल पाँच वटा र झोलुङ्गे पुल सात वटा निर्माण गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।