कालापानी लिपुलेख

सुभाष न्यौपाने
सुगौली सन्धिमा नेपाल देखिएको कालापानी ।
भारत, चीन मिलेर भारत भन्दछन् जानी–जानी ।।
यी दुईले भने मात्र नेपाल भारत हुने भए ।
हामीले पनि भने के हुन्छ तिब्बत चीनको हैने रे ।।
विशालताको नाममा यिनले मिचेर बोलेका हुन कित ।
सत्ता रोहन गर्न हाम्रा नेताले बेचेर बोलेका हुन् कित ।।
फेरि आएर भारतले कालापानी लिपुलेख भारतको हो नेपालले हाम्रो अर्थात् नेपालको हो भन्ने के आधार छ ? भन्ने प्रश्न समेत तेर्साउँदै आफ्नो भू–भागमा गाब्ने र आफ्नो स्वामित्वमा राख्ने मनसप समेत व्यक्ति गरिसकेको छ भने परापूर्वदेखि नेपालको हितैसी मानिने अर्को छिमेकि देश चीन त्यस सीमा सम्बन्धी विषयमा साक्षी बस्दै नेपाल, भारत बिचको सीमा विवादलाई चर्काइदिएको छ ।
चिनिया विदेश मन्त्रीले भन्दै छन् चीन र चारत बिचको सहमतिले तेस्रो राष्ट्रलाई कुनै असर गर्दैन । चीन र भारत दुई छिमेकि मिलेर बिचमा रहेको छिमेकिको भोटो च्यातिसके, कपाल लुछिसके तर उनीहरु भन्छन् हाम्रो सहमतिले अर्को देशलाई केही असर गर्दैन । होला हुन पनि सक्छ पुष्पकमल दहाल दिल्लीबाटै प्रचण्ड बनेका हुन् आफै भारत भन्दै छ भने प्रचण्डले अस्वीकार तथा प्रतिपाद गर्न सकिरहेका छैनन् ।
त्यस्तै काँसी विश्वनाथ र तिरुपति बालजीको दर्शन गरेर स्टण्डमा चुच्चे नक्सा निकालेर महाकाली बेचेर सत्तारोहण गर्ने ओली वा जति चुरीफुरी गरे पनि तिम्रा खुट्टी जनताले देखिसकेका छन् । नेपालको लागि राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानको लागि तुरुफ बन्दै आएको चीन अनपेक्षित रुपमा नेपालले अपेक्षा गरेको भन्दा विपरित तरिकाले उपस्थित हुनु कति उपयुक्त होला ?
नेपाल अंग्रेज बिच सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको सीमाना पूर्व मेची र पश्चिम महाकाली कायम भएको तथ्य प्रमाण हुँदा हुँदै पनि चीनको समर्थनमा कसरी कालापानी लिम्पिया धुरा, लिपुलेक भारतले आफ्नो भन्ने हिम्मत कसरी ग¥यो ? यसमाकित चीन, भारत दुवैले भुगोल आकारको आधारमा नेपाललाई जबरजस्ती मिच्न खोजे, कित हाम्रा नेताहरुले सत्ता प्राप्तीको लोभमा भारतलाई चढाइसकेका छन् ।
विश्वमा पाँचौ ठुलो अर्थतन्त्रको ढुकुटी भएको देश भारत जहाँ दुई सय वर्षभन्दा बढी अंग्रेजले शासन गरेका थिए । भारतले दासत्व भोगिरहेको थियो । जसले आज राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गर्छ १५ अगस्तलाई । खुसीयाली मनाउँछ अंग्रेजको साम्राज्यवादी पञ्चायतबाट मुक्त भएको दिन भनेर ।
त्यस्तै विश्वको दोस्रो उदयमान शक्ति राष्ट्र चीन जसलाई युरोपियनहरुले सन् १९४५ सम्म पूर्वको बिरामी राष्ट्र भनेर सम्बोधन गर्दथे, उनै युरोपियनहरु गिँड खेल्ने थलो बनोको थियो चीन । ती युरोपियन राष्ट्रहरुलाई चीन साम्राज्यवादी भन्नै गर्छ तर आफू भारतको विस्तार वादलाई बढावा दिन्छ । भारतीय नागरिक लिपुलेखको बरेमा अतिक्रमण युक्त प्रवेश नेपाली नागरिकलाई दम्काउँदै गइरहेको छन् ।
नेपालमा भने ओली नेतृत्वको निकम्बा सरकार लाचार छायाँको रुपमा उभिएको छ । गठबन्धन दलको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा के गर्छन् के भन्छन् थाहा छैन । उनको एउटा मात्र उद्देश्य नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई पार्टी सभापति बन्न नदिने अरु त बाल मतलब छैन मुलुक भाँडमा जाय या पार्टी भाँडमा जाय ।
नेपाली नागकि भारत र चीनको वर्तमानको खैया देखेर नाखुस छन् भने भारत र चीनको विरुद्धमा विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विरोध प्रदर्शन गरिसके । भारतीय राजदुतावास लैनचोर अगाडि ऋजष्लब, ष्लमष्ब नय दबअप भनेर प्रर्दशन गर्नु पर्ने अवस्थाको सिर्जना छिमेकिहरुले गरेको नेपाली नेताहरुले गरे ? यदि नेपालका शासकहरुले गरेका हुन भने यिनलाई क्षम्मे छैन, छिमेकिहरुले आफ्नो बलको तुलुकुमा हेपेर सहमति गरेका हुन भने त्यो नेपालीको लागि स्वीकार्य छैन ।
देश बेच्न स्वदेश फर्केको अर्को जान्ने स्वर्णिम वाग्ले भन्नेले भन्छन् सीमानाको निहुँमा किन भारतलाई रिस उठाएको ? कस्तो जान्ने । यही हो राष्ट्रभक्ति, यही हो राष्ट्र प्रेम ? यस्तालाई अझ मुलुकको नेतृत्व दिनु पर्ने रे । अहिले रविसँग यस्तै प्रवृतिका माननीय र नेताहरु छन् । भारतले लिपुलेक कालापानी हाम्रो भूमि हो भन्न थालेपछि केही भारतीय विज्ञहरुले पनि त्यसको विरोध गरेका छन् ।
पत्रकार दिवाकार शाहले कालापानीबाटै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको चुनौती पनि नेपालीहरुको लागि एउटा उर्जा हो । भूगोल र जनसंख्या सानो ठुलो हुनसक्छ तर सार्वभौमिकता सपन्न राष्ट्र कहिले पनि सानो ठुलो हुन सक्दैन । त्यसमा पनि पनि स्वतन्त्रता दिवस मनाउने राष्ट्र ठुलो कि आदिकालदेखि सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपाल त्यो छिमेकी भन्दा त पक्कै पनि महत्व र मान्यताको छ किनभने नेपालले अहिलेसम्म स्वतन्त्रता दिवस मनाएको छैन मनाउने वाला पनि छैन ।
स्वतन्त्रता दिवस त अर्काको दासत्वबाट उन्मुक्ति पाएकाहरुले मात्र मनाउँछन् । भारत स्वतन्त्र गराउन नेपाली विद्यार्थीहरुले पनि आन्दोलनमा भाग लिएको इतिहास छ । भारतको नयाँ इतिहास लेख्न नेपालीहरुले खेलेको भूमिकाको यही हो उपहार सीमाना कब्जा ? इतिहासका पाना पल्टाउँदै जाने हो भने नेपालले चीनलाई जति असल छिमेकिको दर्जा दिए पनि चीनले आफ्नो हातले मेटाएसम्म तानेकै देखिन्छ ।
पूर्वमा ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म पुग्दा अघोसित अनौपचारिक रुपमा सीमा अतिक्रमण भएको छ । कतिपय ठाउँमा नेपालको सीमानाभित्र चिनिया सीमाना देखभाल पोष्ट (द्ययउ) समेत रहेका छन् । नेपालको उत्तरी सीमा बढी हिमपात हुने कारणले गर्दा नेपालको सीमा बबढी हिमपात हुने कारणले गर्दा नेपालको सीमा सुरक्षा बल खास सीमानामा बस्न हिम सुरक्षा सम्बन्धी बन्दोबस्तीको अभावका कारण आवश्यक मात्रामा सुुरक्षा फौज आवश्यक स्थानमा बस्न सकिराखेका छैनन् ।
राज्यले नागरिकलाई चिसोबाट बचाउने उपाय अपनाउँछ, त्यसैले उनीहरुको सीमा विदहरु बताउँछन् । बुद्धि नारायण श्रेष्ठ र भैरव रिजाल अनुसार कालापानी, लिम्पिया धुरा आदि क्षेत्रले नेपालमा तिरोभरो समेत गरेको प्रमाण हुँदा हुँदै त हाम्रो हो भन्न भारत आउँछ बेसर्मी अझ प्रमाण देखा भन्छ नेपाललाई । उत्तरको त झन सजिलो छ भूमि नेपाल कै हो राई दाइ चीनले गरेको छ नेपालको सुरक्षा प्रशासनको नपहुँच छ, न दृष्टि, नेपालले त सीमिकोटबाट हेर्ने हो ।
आफूलाई लोकतन्त्रको मन्दिर भन्ने भारतीय शासकहरुलाई लाज लाग्दैन, भारतीय गोरखा सैनिकले भारतलाई आतंकबाट जोगाउन गरेको त्याग र साहदत माथि मोदी सरकारले कुल्चेको छ । के भारत सुरक्षा तथा आतंकबाट जोगाउन गोरखा सैनिकले दिएको बलीदानीको उपहार यही हो ? भारतीय विदेश मन्त्री जयशंकर भन्छन् नेपाल लेकाली पानी विवादलाई भड्काउला भन्ने भारतलाई लागेको थिएन तर नेपालले भारतले अपेक्षा गरेको भन्दा विपरित किसिम भड्काएको छ आपसी सम्वादलाई महत्व दिएको छैन भन्ने आरोप समेत लगाएका छन् ।
आफ्नो भूमि आफ्नो जमिन आफ्नो हो भन्न के को सम्वाद के को वार्ता ? भारत र चीनले कारोबार गर, व्यापारिक सम्झौता गर, त्यसमा नेपालको कुनै टाउको दुखाइ छैन तर तिमीले व्यापरिक सम्झौतामा देखाएको मार्ग भने नेपाली भूमि हो लिम्पिया धुरा लिपुलेखलाई भारत भूमिको नक्सामा देखाउदाको विरोध मात्र हो ।
भारतीय सञ्चार माध्यमले पनि लिम्पिया धुरा, कालापानी नेपालको भू–भाग हुन् त्यसैले भारतले भनेका कालापानी हाम्रो भू–भाग हो भने पछि नेपाली जनताले विरोध गरेका हुन् । विगतमा यिनै ओली प्रधानमन्त्री हुँदा निकालिएको चुच्चे नक्साको नामले चिनिने नेपाली नक्सामा कालापानी लिम्पिया धुरा र लिपुलेख एक स्वर र एक मतले पारित भएको थियो ।
त्यो के हात्ति आयो, हात्ति आयो फुस्सा हो ? जमिन नेपाली भू–भाग भए पनि नेपालको संरक्षण र नियन्त्रणमा रहन सकेको छैन । आवत जावत गर्ने बाटो समेत छैन । जय शंकर भारतीय विदेश मन्त्री लिपुलेक, कालापानीको बारेमा अन्तमा चित्त बुझ्दो जवाफ दिन नसकेर गोलमटोल जवाफ दिइरहेका छन् । महाकाली नदी नसकेर पूर्वको भू–भाग पनि कसरी भारतेल आफ्नो भन्न सकेको ?
नेपालको नक्सामा भएको भू–भाग जो नेपालको संविधानमा पनि उल्लेख छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जेसवालले कालापानी लिपुलेकका सबन्धमा नेपालको दाबी सरासर गलत छ भनेर भनिसके । व्रिटिस इष्ट इण्डिया कम्पनी र नेपालबिच सन् १८१५ र १८१६ मा भएको सुगौली सन्धिमा महाकाली नदीदेखि पूर्वतर्फको भू–भागलाई नेपाल मानिएको छ । जुन भू–भाग अन्तर्गत लिपुलेक र कालापानी पर्दछन् ।
लिम्पिया धुराको पश्चिमतर्फबाट महाकाली नदी उत्पत्ति भएको देखिन्छ । महाकाली नदीदेखि पूर्वतर्फको भू–भाग नेपाली भूमि रहेको हुँदा कालापानी लिम्पिया धुरा र लिपुलेक नेपाली भूमिमा पर्ने नेपाली भू–भाग हो भनेर सुगौली सन्धिले पुष्टि गरिसकेको छ । भारतका वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्मा भन्छन् कालापानी नेपालको भू–भाग हो तर मोदी सरकार चीनलाई साक्षी राख्दै कालापानी भारतको भन्दै छ ।
कुन्जि, नावी र कुटीका नागरिकले नेपाल सरकारलाई तिरो बुझाएको प्रमाण भेटिएको छ । उनीहरुले २०३५ सालसम्म नेपाल सरकारलाई तिरो अथवा कर बुझाएका छन् । भूमि सुधार कार्यालयको त्यतिबेला भूमि सुधार कार्यालयको सात नयाँ फाराममा कुन्जि, नावी र कानागरिकले कर बुझाएको जग्गाको विवरण नेपाल सरकारसँग नापी विभागसँग सुरक्षित छ । भारतले दार्चुलाको नेपाल भारत जोड्ने सीमा पुल गत सोमवारदेखि बन्द गरिसकेको छ ।
त्यसको जानकारी नेपाली प्रशासन लाई थाहा छैन । बन्द नगर्नेभन्दा भन्दै भारतले एकतर्फी रुपमा बन्द गरेको छ । विद्यार्थीको विरोध कार्यक्रम लैनचौर माइतीघर हुँदै गड्डा चौकोसम्म विरोधका कार्यक्रमहरु भइरहेका छन् । अब विरोधले मात्र पनि समस्या समाधान हुँदैन । समाधानका निम्ति दुई पक्षीय सम्वाद जरुरी छ ।
सम्वादमा बस्ने कुट नितिज्ञहरु आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने हुनुपर्छ नकि टाउको झुकाएर हैन । हालसम्म पनि इष्ट इण्डिया कम्पनीले प्रकाशित गरेको शासनरत बुटिस सरकारले पास गरेका नक्साहर छन् । जसलाई भारतले पनि स्वीकारिरहेको छ । तैपनि नेपाली भू–भाग हो भन्ने के प्रमाण छ भनेर निहुँ खोजिरहेको छ भारत ।