calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

‘शिक्षा विधेयक नसच्याइए विद्यालयको साँचो राज्यलाई बुझाउँछौ’

गोरक्ष समाचारदाता
दाङ, १३ भदौ । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा भएको त्रुटि सच्याउन माग गर्दै प्याब्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो । प्याब्सन दाङले पनि जिल्ला प्रशासन कार्यालय दाङको अगाडि कोणसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको हो ।

कोणसभाका वक्ताले विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई धरासायी बनाउने नियतले ल्याइएको भन्दै आपत्ति जनाएका छन् । प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण अधिकारीले निजी विद्यालयले ३४ प्रतिशत शैक्षिक भार बोकेर राज्यलाई सघाइरहेको अवस्थामा सरकारले उल्टै प्रहार गरेको आरोप लगाए ।

उनले सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन नसक्ने राज्यले निजी शिक्षामा पु¥याउन खोजेको आघात अस्वीकार्य भएको बताए । शिक्षा विधेयक संशोधन नभए विद्यालय बन्द गरेर साँचो राज्यलाई बुझाउने उनको चेतावनी थियो । प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले आठ हजार बढी निजी विद्यालयमाथि कुठाराघात गर्ने गरी ल्याइएको विधेयक मुलुकलाई शैक्षिक दृष्टिले परनिर्भर बनाउन खोजिएको टिप्पणी गरे ।

कोणसभामा केन्द्रीय सदस्य महेन्द्र अधिकारीले घरजग्गा बन्धकी राखेर सञ्चालनमा आएका विद्यालयलाई नाफारहित कम्पनीमा दर्ता गर्नुपर्ने भनाइ विरोधाभाषपूर्ण भएको भन्दै शिक्षा विकासमा निजी क्षेत्रको भूमिकालाई बेवास्ता गरिएको असन्तुष्टि व्यक्त गरे । कोणसभामा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापाले शैक्षिक विकासलाई पछाडि धकेल्ने उद्देश्यले ल्याइएको विधेयकप्रति पुनर्विचार गर्न सरकारलाई आग्रह गरे ।

प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयलाई धरापमा पार्ने नियत स्पष्ट भएको भन्दै आन्दोलन मर्यादित तरिकाले अघि बढाइने बताए । जिल्लाध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कोणसभामा आन्दोलन परिचालन समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दले आन्दोलनबारे प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए । कोणसभापछि प्याब्सन दाङले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारसम्म माग पु¥याइने प्रतिबद्धता व्यक्त गरेका थिए ।a