calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

‘तिज सामाजिक एकता र पारिवारिक सद्भावको पर्व’

टेकबहादुर पुन
देउखुरी, ७ भदौ । लुम्बिनी प्रदेशिक उपसभामुख मेनुका खाँड केसीले हरितालिका तिजलाई महिलाबिचको मेलमिलाप र संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएकी छिन् ।

गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको तिजमिलन कार्यक्रममा बोल्दै उपसभामुख केसीले तिज केवल नारीको पर्व मात्र नभई सामाजिक एकता र पारिवारिक सद्भावलाई बलियो बनाउने माध्यम भएको बताइन् ।

शिक्षासँगै संस्कृतिलाई पनि भावी पुस्तामा हस्तान्तरण गर्नु विद्यालय र समुदायको साझा जिम्मेवारी बताउँदै उपसभामुख केसीले महिलाको सहभागिता र सांस्कृतिक चेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताइन् । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले महिलाबिच हुने मेलमिलाप, नाचगान र खुसी साटासाटले समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने बताइन् ।

कार्यक्रम विद्यालयका सेयर सदस्य अमितासिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा गायिका सिम्रन परियार र रेखा पोखरेलको साङ्गीतिक प्रस्तुतिमा अभिभावक, विद्यार्थी र अतिथि छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकले तिजलाई संस्कृतिको धरोहरका रूपमा जोगाउन सबै एकजुट हुनुपर्ने बताएका थिए । विद्यालय कोअर्डिनेटर एलिसा शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक निशा वली र लेखापाल बिना सुनारले गरेका थिए ।