calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

निजी विद्यालयको आन्दोलन, बसको ¥याली

गोरक्ष समाचारदाता
घोराही, ७ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीको आयोजनामा शिक्षा विधेयकविरुद्ध बस ¥याली गरिएको छ ।

सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई बन्द गर्ने गरी प्रावधानहरू राखिएको भन्दै प्याब्सन केन्द्रको निर्देशन अनुसार शुक्रबार देशभर बस ¥याली गरिएको हो ।

केन्द्रको निर्देशन बमोजिम प्याब्सन घोराही नगर कमिटीको आयोजनामा प्याब्सन घोेराहीमा आबद्ध निजी विद्यालयका एक सय बढी विद्यालयका बसले घोराही बजार परिक्रमा गरेका थिए । कालो झण्डा र ब्यानरमा लामबद्ध बसले शान्तिपूर्ण आन्दोलनको रूपमा घोराहीको तुलसीपुर चोकबाट ¥याली सुरु गरेका थिए ।

¥याली न्युरोड हुँदै लखन पार्क, नयाँ बजार, निमाहल रोड, ट्राफिक चोक, मेनरोड, सहिद गेट, जेसीज मार्ग, जिल्ला प्रशासन, दीपशिखा चोक, जिप्रका रोड भएर पुनः तुलसीपुर चोकमा पुगी समापन भएको थियो ।