डिजिटल वित्तीय पहँच अभिमुखीकरण

गोरक्ष समाचारदाता
दाङ, ६ भदौ । दाङका सहकारीका पदाधिकारी तथा व्यवस्थापकलाई डिजिटल वित्तीय व्यवस्थापन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रमा घोराहीमा सम्पन्न भएको छ । एलोई प्रालि काठमाडाँंसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्रालिका सुदीप श्रेष्ठले डिजिटल वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी गराएका थिए ।

उनले एलोई प्रा.लि वित्तीय प्रविधियुक्त प्ल्याटफर्म भएकाले ऋणको डिजिटिलाइजेसन गरी वास्तविक समयमा ऋणको सदुपयोगिताको परीक्षण गर्न सहयोग गर्ने बताए । उनले देशभर ग्रामीण भेगका उद्यमी तथा लघुउद्यमीलाई वित्तीय सुविधा उपलब्ध गरारहेको र त्यसका लागि स्थानीय संस्थासँग समन्वय गरिरहेको बताए ।

दुग्ध किसान प्रविधिसँग जोडिन आवश्यक देखिएकाले त्यसका लागि एलोइले काम गरिरहेको उनको भनाइ छ । उनले दुग्ध सहकारीलाई दुग्ध विक्रेताको पहुँच पु¥याउने, वित्त लगानी पहुँच पु¥याउने, डिजिटल प्रविधि जडान गरी संस्थामा आबद्ध किसानको डिजिटल आय रेकर्ड राख्न सहयोग गर्ने, वास्तविक समयमा ऋण र

भुक्तानीको निगरानी र दैनिक दुधको सङ्कलनमा वृद्धि गर्न सहयोग गरिरहेको बताए । दुग्ध किसानलाई आम्दानीको रिपोर्ट निकाल्न, वित्तीय अवस्थाको विवरण निकाल्न सहयोग पु¥याउने र किसानलाई ऋण प्रवाह गरेर कृषि व्यवसायमा योगदान पु¥याउन सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले वित्तीय पहुँच बढाउन र किसानको सशक्तीकरणका लागि सहकारीले काम गरिरहेको बताइन् । ग्रामीण क्षेत्रमा सहकारीले जीवनोपयगी सिप सिकाइरहेको उनको भनाइ छ ।

हकारीलाई बलियो बनाउन सञ्चालक र व्यवस्थापक प्रविधिसँग जोडिन आवश्यक रहेको उनले बताइन् । महिला सामुदायिकले सञ्चालन गरेको दुध सागर डेरी उद्योग घोराहीका व्यवस्थापक प्रविन योगीले एलोइले वित्तीय प्रविधि, ग्रामीण भेगका किसानलाई वित्तीय पहुँच, डिजिटल साक्षरता, प्रविधिसँग सहकारीलाई जोड्ने काम गरिरहेको समयमा दाङका किसान र सहकारीलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एलोईसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरिएको बताए ।

सहकारीले युवामा रोजगारी सिर्जना गरेको बताउँदै किसानको क्षमता विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले जिल्लामा आठ वटा सहकारीहरू स्थापना गरेर हाल अर्बौंको कारोबार गरिरहेको र सहकारीमा १० बजार बढी सदस्य आबद्ध भएर सेवा लिइरहेको उनले बताए ।

सहकारीलाई प्रविधिसँग जोड्न निरन्तर कार्य गरिरहने योगीको भनाइ छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका कोषाध्यक्ष कान्ता चौधरीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण एलोईका स्वस्ती खत्रीले गरेकी थिइन् ।