आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना

गोरक्ष समाचारदाता
दाङ, ६ भदौ । त्रिभुवननगर जेसीजले नेतृत्वका लागि अध्ययन अन्तर्गत सामुदायिक विद्यालयमा नमुना आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना गरेको छ ।

बिहिबार एक कार्यक्रमका बिच त्रिभुवननगर जेसीजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई पुस्तकालयका लागि आवश्यक पुस्तक, खेलकुद सामग्री, कुर्सी, दराजलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत अनन्तको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रम संयोजक त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष हिमाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका निवर्तमान अध्यक्ष रविकिरण केसी, अक्षयकोषका स्थापनाकर्ता मनोज बुढाथोकी, त्रिभुवननगर जेसीजका पूर्वअध्यक्ष एवम् विद्यालयका संस्थापक अध्यक्ष भोलानाथ अधिकारी, विद्यालय

व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर गोतामे, विद्यालयका प्रधानाध्यापक विजय अधिकारीलगायतले बोलेका थिए ।

पुस्तकालय सञ्चालनका लागि भएको दुई पक्षीय सम्झौतामा त्रिभुवननगर जेसीजका अध्यक्ष रावत अनन्त र विद्यालयका प्रधानाध्यापक अधिकारीले हस्ताक्षर गरेका छन् ।

पुस्तकालयका साथै विद्यालयमा ५० हजार राशीको अक्षयकोषसमेत स्थापना गरिने स्थापनाकर्ता मनोज बुढाथोकीले जानकारी दिए । कानूनी सल्लाकार मिनराज भाटको जेसीज आस्थापाठबाट सरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापाले गरेका थिए ।