विद्याको राजनैतिक प्रसङ्गले ल्याएको तरङ्ग

सुभाष न्यौपाने
विद्याको राजनैतिक प्रसंगले ल्यायो नयाँ तरंग ।
किन गर्नुप¥यो यसमा अरुले निदसँग ।।
सदस्यता नवीकरण छ मेरो कसैले काटेर काटिँदैन ।
एमाले मै रही नेतृत्व गर्ने भन्छ सदादिन ।।
केपी वा कुर्ले पहिले पार्टी मत विभाजन गरे ।
अन्तमा हेर्दै जानुस् यिनले पारित गर्दछन् भरे ।।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डाी पार्टीको सक्रिय राजनीतिमा अगाडि बढिसके पछि उनको आफ्नो राजनैतिक दल नेकपा एमालेमा त मत विभाजन साथ व्यापक बहस सुरु भइसक्यो । जसको कारण अहिले सार्वजनिक गतिविधि अर्थात् टिका टिप्पणीलाई हेर्ने हो भने केपी बा र विद्या आमाको बिचमा द्वन्द्वको निकै ठुलो आडल परिसकेको छ । अर्को कुरा राष्ट्रपति बन्दैमा राजनीति समाप्त भइहाल्छ भन्नु पनि गलत हो ।

नेपालको सन्दर्भमा त्यो अभ्यास छैन तर जापान, बेलायत आदि देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरु मुलुक र जनताको लागि भन्दै गृह, अर्थ, परराष्ट्र आदि मन्त्रालयहरु चलाएर सरकारलाई सहयोग गरेको इतिहास पनि हामीले पढेका छौँ ।
मुलुक सुधार्ने सामर्थ बोकेर यदि कोही पनि नागरिक नेतृत्व र निर्वाचनमा आउन चाहन्छ र त्यसलाई जनताले अनुमोदन गर्छन् भने दल भन्नेले केही लछारपाटो लगाउन सक्दैन ।

नेपालको राष्ट्रपति भइसकेपछि विद्या पहिलो महिला मात्र हैन नेपालको पहिलो नागरिक हुन् । त्यस मानेमा उनी जति सम्मानित छिन् उति दायित्व पनि थपिएको छ । तसर्थ उनले राजनीतिमा देखाएको क्रियाशीलता दायित्वभित्र पर्दछ । त्यस विषयलाई जसले जति अतिरञ्जित गर्न खोज्छ उ आफै असफल बन्दै जान्छ वर्तमान राजनैतिक दलका नेताहरु कै कारण पनि विद्याको पुर राजनैतिक क्रियाशीलतालाई नेपाली जनताले अनुमोदन गरिसकेका छन् ।

त्यस बारेमा आफूलाई ठुला राजनीतिज्ञ विद्धान विश्लेषक भन्नेहरुले कति बुझेका छन् । त्यो उनीहरुलाई थाहा होला । सकारात्मक सोच र सकारात्मक धारणा लिएर अघि बढ्ने अधिकार सबैमा छ । माग्न आउनेलाई मात्र हो के दिने, कति दिने भन्ने त अधिकार हरेकले संघर्षबाट लिन कोशिस गर्नुपर्छ ।

व्यक्ति कसैको पनि उसले प्राप्त गर्न सक्ने र पाउने अधिकारको बारेमा अनर्गल टिप्पणी गर्नु व्यर्थ हो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिचको अत्यन्त निकट भन्ने थाहा पाउने र बुझ्नेहरु समेत त िदुईका बिचको वर्तमानको सम्बन्ध र आपसी कटाक्षलाई हेर्ने हो भने मानिसहरुले आश्चर्य समेत मान्न थालेका छन् । त्यस विषयमा जसले जति नै अतिरञ्जित कुरा गरे पनि त्यो विद्याको आफ्नो चाहना हो, निजी अधिकार पनि हो । यति मात्र होर मदन भण्डारीको बहुदलीय जनवादलाई भजाएर

तपाई प्रधानमन्त्रीसम्म हुन पुग्नुभयो तर त्यसको रक्षा गर्नुको साटो धज्जी उडाउने काम गर्नुभयो, तपाईले आफूलाई एमाले भन्न भन्न सुहाउँदैन, एमालेबाट राजिनामा गर्नुस् भनेर विद्या भण्डारीको जोरी निशा कुसुमले प्रधानमन्त्री ओलीलाई भनी सकिन, अब भन्नोस् तिक्तता यहाँभन्दा कति बढ्नु ? त्यसैले कसैको पनि व्यक्तिगत जीवन वा स्थितिप्रति कसैले पनि हतारमा टिप्पणी गर्नु उपयुक्त हुँदैन ।

विगतमा केपी ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाउका संसद विघटन लगायतका विधेयक र अध्यादेशहरु मिनेट नलगाएर प्रमाणीकरण गरेर पठाइदिने विद्यासँग आज किन ओली बाको वाक युद्ध भनौ कि सितयुद्ध सुरु भयो ? यस्ता विषयमा पनि केही गम्भीरताका साथ सोच्नु जरुरी छ ।

ओलीले सदन विघटनको सिफारिससँगै मध्यावधि निर्वाचनको लागि राष्ट्रपति समक्ष सिफारिस राष्ट्रपति समक्ष पुग्नुभन्दा पहिले नै उक्त कदमलाई रोक्नको लागि राष्ट्रपति कार्यालय पुगेका नेपाली कांग्रेस नेताहरु तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायतका नेताहरु तथा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु ओलीले गर्न लागेको सदन विघटन तथा मध्यावधि निर्वाचन रोक्नु त परै जाओस् उनीहरुले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव स्वीकृत गराएर राष्ट्रपतिको कार्यालयबाट मध्यावधि घोषणा गराएर निस्केको समेत थाहा पाउन सकेनन् ।

अब भन्नोस् विद्या र ओली बिचको कस्तो सम्बन्ध रहेछ ? त्यस्तो निकटता र आत्म विश्वासमा समेत त ठेस लाग्दो रहेछ मन फाट्यो भने सम्बन्धहरु जबसम्म एजेण्डा मिल्छन् तबसम्म राजनीति रसिलो हुन्छ, पोसिलो हुन्छ र मलिलो हुन्छ अर्थात् शत्रु कोही पनि हुँदैन र सधैको लागि परममित्र पनि कोही हुँदैन ।

अनेरा स्ववियु अनेमसँग हुँदै नेकपा एमालेको उपाध्यक्ष तथा पटक–पटक माननीय भएर राष्ट्रपति समेत बन्न पुगिसकेको कुनै पनि नागरिक आफ्नो जीवनको क्रियाशील र उर्जावान अवस्था मै ती सबै क्षमता र चाहनाहरुलाई निश्क्रीय बनाएर बस्नु पनि त राम्रो हैन । पार्टी नेकपा एमालेको उपाध्यक्षसम्म भइसकेको व्यक्तिमा दलीय नेतृत्वको उत्कृष्ठा जागेर आउनु पनि त नराम्रो हैन ।

नेतृत्वको सन्दर्भमा भन्नु पर्दा कसको नेतृत्व कसलाई मन पर्छ कसलाई मन पर्दैन के थाहा ? सबैलाई मन पर्छ वा पर्नुपर्छ भन्ने पनि त छैन । नेपाली कांग्रेसमा पनि त बहुमत सदस्यले शेरबहादुरलाई रुचाए शेरबहादुर पार्टी सभापति भए बहुमतको आधारमा पार्टीमा रजाई गरिरहेका छन् । उनी चाहे गलत हुन् वा सही । उता नेकपा एमालेमा प्रधानमन्त्री खड्गप्रसाद ओली केपी बा बनेर पार्टी हाँकिरहेका छन् ।

उनी पनि त्यस्तै बहुमतता छन् कारण उनी र शेरबहादुर दुवै हुतिहाराहरुका दाइ वा हुन् । किनभने हुतिहाराहरु आफूसँग क्षमता नभएकै कारण बा र दाइको तागत बढेको देखिन्छ तर बा र दाइ भन्नेहरु आफूभन्दा बुढा हुन् भन्ने उनीरुलाई थाहा छैन । किनभने उनीहरु तीनै बुढाको जति पनि हुत्ति राख्दैनन् र तिनीहरु पनिउ उर्जाशील बा उर्जावान कहिले बन्न सक्दैनन् ।

ओली कराउँदा कुर्लँदा त कानमा बतास नलगाउने विद्याले गगनको भनौ वा अरु कुनै दल वा नेताको रोदन वा क्रन्दन वा आक्रोशलाई सुन्छिन् भन्न सकिँदैन । यिनी कुर्लँदैमा विद्यालाई केही हुँदैन । विद्याले आफू नेकपा एमालेको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बन्ने भन्ने स्पष्ट पारिसकेकी छन् ।

काठमाडौँ क्षेत्र नं. ४ उनले पटक–पटक निर्वाचन जितेको क्षेत्र पनि हो । जहाँबाट अहिले गगन थापाले नेतृत्व या प्रति निधित्व गरिरहेका न् । विद्यादेवी ४ नं. क्षेत्रमा रवि र स्वर्णीम जसरी नयाँ प्रसिद्धिका साथ आएको उम्मेदवार पनि त हैनन् तर यति चाडै गगन आत्तिएर आक्रोशमा आउनु पर्ने कारण पनि त केही छै । तिमीले राम्रो गरेको भए जनताले तिमीलाई साथ दिन्छन् ।

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भन्ने विषयमा व्यापक चर्चा परिचर्चा भइरहँदा नेकपा एमालेको केन्द्रीय समितिमा व्यापक छलफल तथा विद्याको विरोध भइरहेको छ । केन्द्रीय सदस्यहरु विद्यालाई पार्टी मै रोकेर प्रधानमन्त्री ओलीलाई नै पुनः पार्टी अध्यक्ष बनाउने भन्ने विषयमा पार्टी नेताहरुमा प्रतिस्पर्धा चलेको छ अरे ।

एमालेमा मात्र हैन नेपाली कांग्रेसमा समेत के को भुइचालो गयो होला ? हिजो एमालेको पार्टी उपाध्यक्ष भएर काम गर्दा केपी ओली पार्टी अध्यक्षलाई जति साथ सहयोग दिएर आइन्, त्यस्तै राष्ट्रपति हुँदा ओलीले पेस गरेका आवश्यक विधेयक र दस्तावेज तथा विपक्षी दल र सर्वोच्चले समेत अस्वीकार गरेका सदन विघटन र अध्यादेश जस्ता विधेयकहरुमा छाप लगाएर अनुमोदन गर्न कति पनि नपर्खाएर छाप लागेको समेत विपक्षले थाहा नपाउने गरी अर्को ढोकाबाट छाप लगाएर पठाउने विद्या जुन अनुमोदन पछि सर्वोच्चमा रिट परे पश्चात केपी सरकारले हार्न समेत पुग्यो ।

सदन पुनर स्थापित हुन पुग्यो त्यसो त घटनामा त विद्याले ओलीलाई साथ दिएर आएकी थिइन् । उनी संगत अहिले ओलीको कुटता दिन–दिन दुस्मनिमा बढ्दै गइरहेको छ । नेतृत्वमा अरुको पनि सोच त ताना शाहको होला । प्रचण्डले तीन दशकभन्दा बढी अध्यक्ष खाइसके शेरबहादुरले पनि दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री खाइसके तैपनि चित्त बुझेको देखिँदैन तर पनि केपीसँग कसैले पनि पंगा लिनु हुँदैन रे, विद्याको त पंगा हैन प्रतिस्पर्धाको चाहना मात्र हो ।

एमाले आन्दोलनबाट हुर्केको विद्या भण्डारीले गत वर्ष नै आफ्नो पार्टी सदस्यता नवीकरण गरे एमालेमा जोडिइसकेको कुरा नेकपा एमालेका नेताहरुलाई थाहा नै रहेनछ, अहिले एमाले नेताहरु बालाई उकासेर पार्टी सदस्यता नगराउन बा लागे पुगे खारेज गराउन चाहन्छन् । एउटा राजनीतिज्ञसँग अर्को राजनीतिज्ञलाई भेट्नु कुनै ठुलो र नौलो कुरा हैन ।

वैचारिक रुपमा दृष्टान्त अलग हुन सक्छन् तर सामाजिक आवश्यकता र समस्या त सबैका उस्तै हुन् । त्यसेले विचार अलग भयो भन्दैमा भेटै नगर्ने र बोलीचाली नै बन्द गर्ने भन्ने हुन्छ त ? प्रधानमन्त्री ओली चाहन्छन् बालेनसँग कसैले पनि सम्पर्क नगरोस् कुराकानी समेत नगरोस् । नेपालको राजधानी अर्थात् पहिलो महानगरको नगर प्रमुखसँग प्रधानमन्त्री ओलीले बोली बारे भन्दैमा अरु नेताहरु जो कांग्रेस कम्युनिष्टमा अन्य छन् उनीहरुले पनि बोलनसँग बोली बार्नु पर्ने भन्छन् ।

त्यसै सन्दर्भमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरका नगर प्रमुख बालेन शाह बिचको भेटघाटलाई मन पराएका छैनन् । बाका छोराहरु सम्मत बा नबोल्ने सँग नबोल्न सक्छन् तर अरुहरुले त त्यस विषयलाई पछ्याइरहनु पर्ने केही जरुरी छैन । तैपनि बा त्यसै पिरोलिइरहेका छन् । उनलाई चित्त नबुझेको कसैले राम्रो काम गरे पनि बाले त्यसको विरोध गर्छन्, सके उछित्तो काढेर छाड्छन् ।

विद्याले बालेनलाई भेट्नुको तात्पर्य महानगर र प्रधानमन्त्री बिचको समस्या समाधानका निमित्त हो भन्ने चर्चामा आइरहेको छ । नेपाल सरकार महानगर प्रमुख बालेन शाहलाई असफल सावित गर्न खोजिरहेको छ भन्ने व्यापाक चर्चा पनि छ ।

विद्याले झापा मै गएर एमालेका नेताहरुलाई जुटाएर कार्यक्रम समेत गरेपछि प्रधानमन्त्री ओलीको प्रसिद्धिमा प्रश्न उठ्न थालेपछि ओली जि तनाबमा पनि छन् । उनी अलि कमजोर महसुस गरेर आइराखेका छन् । यसको मतलब हो ओली बाको पार्टीभित्रको सर्वेसर्वा वा हालीमुहालीको एकाधिकार खोसिने डरले ओली अत्तालिएका छन्, तनाबमा छन् ।